फोहोर नउठाएपछि सडकमै फालियो फोहोर



रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची नगरपालिकाले फोहोर सँकलन नगरेपछी स्थानियले सडकमै फोहोर फालेर विरोध प्रर्दशनमा उत्रिएका छन् । मेलम्ची नगरपालिकाकै वडा नम्वर ११ को धिताल वेसीमा अस्थाई रुपमा फोहोर फाल्ने गरेको भएपनि स्थानीयले दुर्गन्धित भएको भन्दै विरोध जनाए पछी नगरपालिकाले फोहोर सँकलन गर्न छाडेको थियो । बारम्बार यो विषयलाई उठाउँदा पनि नगरपालिकाले वेवास्ता गरेपछी वाध्य भएर सडकमा फोहोर फालेको स्थानीय राम गौतमले बताउनुभयो ।

नगरपालिकाका सुचना अधिकृत जित बहादुर कार्की भने फोहोर फाल्ने वैकल्पीक ठाउँको खोजी भइरहेको र चाडोभन्दा चाँडो फोहोर संकलन गरिने बताउनुहुन्छ । मेलम्ची बजारमा फोहोर उठाउने गाडी नआएपछी बजार दिनानुदिन दुर्गन्धीत वन्दै गएको छ । फोहोर फाल्ने ठाउँको अभावमा बजारमा राखिएका सबै डस्विनहरु भरिएका छन् । फोहोर कहाँ र कसरी फाल्ने भन्ने विषयमा छिटोभन्दा छिटो वैठक वस्ने र फोहोरको व्यवस्थापन गरिने वडा नम्वर ११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलालले बताउनुभयो । स्थानीय तहहरुमा जनप्रतिनिधि आइसकेपछी स्थाइ रुपमा फोहोर फाल्ने ठाउँको खोजी गर्ने शर्तमा स्थानिय समाजसेवी श्याम खड्काले जग्गा प्रदान गर्नुभएको थियो । ६ महिनाको लागि फोहोर फाल्न जग्गा दिएको भएपनि २ वर्ष सम्म पनि वैकल्पिक ठाउँको खोजि नगरेपछी बाध्य भएर फोहोर फाल्न रोक लगाइएका खड्काले बताउनुभयो । 

 

, ,