माकुरा समुहलाई क्षमता विकास तालिम तथा नेतृत्व हस्तान्तरण


लोकप्रियसमाचार माकुरा समुहलाई क्षमता विकास तालिम तथा नेतृत्व हस्तान्तरण कार्यक्रम संचालन भएको छ । कात्र्तिक ३० गतेवाट वलेफी संचालन भएको सो तालिम ३ दिनको रहेको छ ।वलेफी गाउँपालिका ४ स्थीत विन्जेलमा रहेको धरमपानी सामुदायिक वन उपभोता समुहको सिमाना स्थानीयहरुले अतिक्रमण गरेको उजुरी वलेफी गाउँपालिका न्यायीक समितिमा परको थियो । न्यायीक समितिले संवादको माध्यमवाट समाधानको लागी सहजीकरण गर्न प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाललाई अनुरोध गरेको थियो । दिगो शान्तीको लागी उन्नत सम्वन्ध भन्ने नाराका साथ काम गरिरहेको सो संस्थाले सिमाना अतिक्रमण विवादमा काम गरेको संस्थाका राष्«िटय श्रोत व्याक्ति नेत्र धितालले वताउँनुभएको छ ।धितालका अनुसार जसको सवाल उसैको नेतृत्व भन्ने कुरालाई अंगीकार गर्दै सो विवादमा द्वन्द्व रुपान्तरण प्रकृया अनुसार  काम गर्न विवादित पक्ष र सरोकारवाला पक्षवाट छनौट भएका प्रतिनीधिहरु (माकुरा) लाई सहजकर्ताको भुमिका निर्वाह गर्न सो क्षमता विकास तालिम तथा नेतृत्व हस्तान्तरण गरिएको छ ।
 सो तालिम पछि अन्य विवादहरु पनी संवादको माध्यमवाट जितै जितको अवस्थामा ल्याउन सकिने तालिममा सहभागी तथा स्थानीय जनप्रतिनीधि धनपति नेपालले वताउँनुभयो  ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले स्थानीय रुपमा रहेका विवादहरुलाई संवाद सहित  द्वन्द्व रुपान्तरण प्रकृयाको माध्यमवाट सवै पक्षको जितहुने गरी समाधान तथा रुपान्तरण गरिरहेको तालिमका सहजकर्ता टीका सुवेदीले वताउँनुभएको छ । सामुदायिक मेलमिलाप कर्ता समाजका जिल्ला अध्यक्ष समेत रहनुभएका सुवेदीले सिन्धुपाल्चोकमा ११ वटा वहुसरोकारवाला र ३ हजार भन्दा वढी देवानी प्रकारको विवाद समाधान गरिएको वताउँनु भयो ।सो तालिममा नेत्र धिताल, टीका सुवेदी र सुनिता रखालले सहजीकरण गर्नु भएको थियो ।

, , ,