ओझेलमा पर्दैछन् आयुर्वेर्दिक औषधालयहरु

रूपक पुरी
लोकप्रिय समाचार
समयानुकुल आधुनिक औषधी, प्रचारप्रसार सरकारले देशका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य अनुरूप गाउँ गाउँमा स्थापना भएका उपस्वास्थ्य चौकी तथा निजी लगानीमा खुलेका मेडिकलहरूको प्रभाव एवं आयुवेर्दिक सेवासम्वन्धी जनचेतना कमीका कारण ओझेलमा पर्दै गएका छन् आयुवेर्दिक औषधालयहरू ।दिनानुदिन आकाशिदो महँगीसँगै अव्यवस्थित बन्दै गएका अस्पताल, स्वास्थ्य चौकी तथा सस्तो र सुलभ भएर पनि जनमानसमा रहेको अनभिज्ञताले आधा दर्जन सिन्धुपाल्चोकका आयुवेर्दिक औषधालयहरू उपयोग विहिन बन्दै ओझेलमा परेकाले त्यसको स्वाद समेत राम्ररी चाख्न पाईएको छैन ।सिन्धुपाल्चोकको मेलम्चीस्थित जरायोटार आयुर्वेर्दिक औषधालय सम्भवतः जिल्लाकै सबैभन्दा पहिलो आयुवेर्दिक औषधालय हो । विक्रम सम्वत २०१७ सालमा स्थापना भएको सो आयुर्र्वेिदक औषधालयमा अहिलेसम्म धोको पुग्ने गरी सेवा पु‍¥याउन नपाएको दुखेसो ब्यक्त गर्दै कबिराज भरत राय भन्नुहुन्छ, आयुर्वेर्दिक औषधोपचारको फाईदा एवं आयुर्वेद सेवासम्वन्धि जनचेतनाको अभावका कारण यो सेवा उपयोग विहिन बनेको हो । उहाँका अनुसार गाउँघरमा स्वास्थ्य चौकिहरू स्थापना भएका छन् । मेलम्चीमा पनि प्राथमिक स्वास्थ्य केन्द्र र ५र६ वटा मेडिकलकहरूले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यसले पनि आयुर्वेर्दिक सेवा लिने घटेको हो । मेलम्चीमा लामो समयदेखि सेवा पु‍¥याउदै आउनु भएका रायले आयुर्वेर्दिक क्षेत्रको नीति , नियम नै स्पष्ट नभएको र आफुलाई पनि जानकारी नभएको बताउनुभयो । ग्रामीण स्तरका जनताले आयुर्वेद औषधीलाई झट्ट विश्वास गर्दैनन्। आयुर्वेर्दिक औषधालयमा अस्पतालको जस्तो ईमर्जेन्सी सुविधा नपाईने र गाउँघरमा बिरामीलाई व्यथाले निकै च्यापेपछी मात्रै अस्पताल जाने बानी छ । यो समस्या र अवस्थाको सिर्जना मेलम्चीको जरायोटार आयुर्वेर्दिक औषधालयमा मात्र होईन। सिन्धुपाल्चोकका अन्य आयुर्वेर्दिक औषधालय ठोकर्पा, तौथली, पिपलडाँडा, तथा जिल्ला आयुर्वेर्दिक औषधालयको पनि लोकप्रियतामा कमी आएको सम्बन्धित व्यक्तिहरू बताउनुहुन्छ ।

, ,