स्वास्थ्य सेवाबाट कोही वञ्चित हुन नहुने ः वंशलाल तामाङ


लोकप्रिय समाचार
कुनै पनी नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्दै आफुले पनि त्यसमा सहयोग गरिरहेको इन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले बताउनु भएको छ । उहाँले रोटरी क्लव महाराजगंजको आयोजना र इन्द्रावती गाँउपालिकाको सहयोगमा नवलपुर प्राथमिक अस्पतालमा भएको निःशुल्क स्वास्थ्य शिविरको अवसरमा यस्तो बताउनु भएको हो ।

उँहाले विगतका समयमा भौगलिक हिसाबले गर्दा पनि राजधानी नजिकै रहेको इन्द्रावती गाँउपालिकाका नागरिकहरुले स्वास्थ्य सेवाबाट वञ्चित रहनु परेको आफुले महसुस गरेको बताउँदै  कसैलाई पनि स्वास्थ्य सम्बन्धी समस्या नहोस् भनेर गाँउपालिकाले समय समयमा पालिका भित्रै यस्तो शिविर सञ्चालन गरि रहेको बताउनु भयो । उँहाले पालिका भित्रका कुनै पनि नागरिकले कुनै पनि समस्या भोग्न नपरोस भनेर आफुले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै पालिकाबाट पाउने सुविधाबाट कोही पनि वञ्चित  हुन नहुने बताउनु भयो । रोटरी क्लब अफ महाराजगञ्ज तथा सयुंक्त राज्य अमेरिका स्थित रोटरी क्लबहरुको सहयोग तथा सह आयोजनामा भएको शिविरमा ४८० जनाले सुीव्धा लिएको इन्द्रावती गाँउपाील्का स्वास्थ्य शाखाका  स्वास्थ्य संयोजक परशुराम श्रेष्ठले जानकारी दिनु भयो । रोटरी क्लव महाराजगंजको आयोजना र इन्द्रावती गाँउपालिकाको सहयोगमा नवलपुर प्रथामिक अस्पतालमा भएको आँखा शिविरबाट ४८० जनाले निःशुल्क आँखा परिक्षण गरेका हुन् । नेपाल मेीडकल काउन्सिलका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा अमेरिकन डाक्टर सहित नेपालका विभिन्न रोग विभिन्न विशेषज्ञ डाक्टरहरुको सहयोगमा गरेको उक्त निःशुल्क शिविरमा २३ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएका अध्यक्षका प्रेस सल्लाहकार दिनेश चौलागाइले जानकारी दिनु भयो । उँहाका अनुसार  शिविरमा आँखा, दन्त, स्त्री रोग, नाक, कान, घाँटी, जनरलरोगको परिक्षण भएको थियो भने ४५ जनालाई चस्मा वितरण समेत गरिएको थियो । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सोमबार गाँउपालिकाले बनेपाको रेयुकाई नासुनागा आँखा अस्पतालमा लाने व्यवस्था मिलाइएको समेत चौलागाइले जानकारी दिनु भएको छ । पहिले सानो रोग लागे पनि काठमाण्डौ धाउन परेको र काठमाण्डौ जानको समस्याले घरमा नै रोग पालेर बस्न परिरहेको अवस्था थियो तर अहलिे आफ्नै घर आँगनमा यसरी उपचारको व्यवस्था गरेकोमा आफुहरुलाई ठुलो राहत मिलेको सोही गाँउपालिकाका सरस्वती आचार्यले बताउनु भयो । यसरी समय समयमा गाँउपालिकाको तर्फबाट स्वास्थ्य  लगायत विभिन्न शिविरहरु संञ्चालन गरेर स्थानीय नागरिकको समस्यालाई समधान गर्न अग्रसर अध्यक्ष पाएकोमा आफुहरुलाई खुशी लागेको समेत सेवागा्रहीहरुले बताएका छन् ।

, , ,