अन्तिम अन्तिममा रमाइलो बन्दै चौताराको रमाइलो मेला

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ५ मा रहेको टुँडीखेलमा भइरहेको रमाइलो मेलाको अन्त्यतिर आएपछी झन् रमाइलो बन्दै गएको छ । पर्यटन वर्ष २०२० लाई सभ्य र भव्यताका साथ सफल पार्ने उद्धेश्यले आयोजना गरिएको चौतारा रमाइलो मेलामा शुक्रबार चर्चित बाल गायिका कमला घिमिरेको प्रस्तुतिका कारण पनि अझ रमाइलो भएको हो । शुक्रबारको कार्यक्रममा घिमीरेले ३ वटा दोहोरी प्रस्तुत गित प्रस्तुत गर्दा चौताराको रमाइलो मेलामा सहभागीहरुले मनोरञ्जन लिएका थिए । यही मंसिर ३ गतेसम्म चल्ने मेला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गौराती जात्राको अवसर पारेर शुरु गरिएको हो ।

आयोजक चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समिति रहेको उक्त स्थानमा मेला भर्न आउनेहरुका लागी आवश्यक मनोरञ्जनका साथै मेला भित्र पर्यटन प्रवद्र्धनका लागि विविध सूचना मूलक सहित, हस्तकला, कृषि प्रवद्र्धन, छालाजन्य सामग्रीहरुको स्टल समेत राखिएको छ । स्टलमा होटल, कपडा, खेलौना लगायत समेत रहेको चौतारा रमाइलो  मेलाका सहसंयोजक अमृतमान श्रेष्ठले बताउनु भयो । उँहाका अनुसार मेलामा बालउद्यान, रोटेपिङ, नाउ, ड्रागन, मिकी माउस, मारुती सर्कस लगायत खेलको मज्जा लिन पाइनेछ । गौराती मेलामा आउनेहरुले यो अवसरमा रमाइलो मेला राखेर दुवै मेला हेर्ने अवसर जुटाइ दिएकोमा आयोजकहरुलाई विशेष धन्यवाद समेत दिएका छन् ।

, ,