चिनको आपतकालीन व्यवस्थापन उपमन्त्री मङ्गलबार चौतारामा


लोकप्रिय समाचार
मित्र राष्ट्र चिनका आपतकालीन व्यवस्थापन उपमन्त्री जुङ्गगोग्वाङ्गले नेपाल  र नेपालीको विकासमा चिनले विगत देखी नै चासो दिइरहेको बताउनु भएको छ ।


उँहाले विशेष गरि छिमेकी मुलुक नोपालको प्रगती र उन्नती भएको चिनले हेर्न चाही रहेको बताउँदै भुकम्प पछी पुनिर्माणमा भएको तीव्रताको प्रशंसा गर्नु भयो। मंङ्गलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा दुवै पक्ष बिच भएको छलफलमा उँहाले यस्तो बताउनु भएको हो ।
सो अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले मित्र राष्ट्र चिनको इतिहास अनि चिनले गरि आएको कामहरुको बारेमा खुशी व्यक्त गर्दै चिनीयाँ र नेपाली नागरिकमा खासै कुनै फरक नभएको बताउनु भयो ।
उँहाले चिनीयाँ टोलीलाई स्वागत गर्दै आज भन्दा २ वर्ष आगाडी पनि चिनको छेन्दु नगरपालिकासँग भगीनी सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस अवसरमा छेन्दुबाट आउनु भएका मेयरलाई यसको बारेमा  सम्झना गर्दै हाम्रो जस्तै विपदमा परेका चिनका कुनै भू–भागमा एक आपसमा अध्ययन भ्रमण गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले निर्णय गरेको समेत उँहाले जानकारी गराउनु भयो ।
उँहाले हामी नगरपालिकाले पुर्ननिर्माणलाई अन्तिम चरणमा पु¥याउँदै छौँ । सिमीत श्रोत र साधनका कारण जिवीकोपार्जनमा अझै पनि समस्या भइरहेको बताउँदै तामाङ्गले राजधानी नजिकै रहेको भएता पनि कृषिबाट आयआर्जनमा  फड्को मार्ने जमर्काे गरिरहेको बताउनु भयो । उँहाले आपतकालीन व्यवस्था तथा युएनडिपीका समुहहरुलाई स्वागत गर्दै पुर्ननिर्माणमा करिब ९० प्रतिशत घर बनिसकेको बताउनु भयो ।
विपदको समयमा तत्काल गर्न सक्ने सहयोगका लागी केही योजना बनाएको बताउँदै गोदामघर र केही सामाग्री समेत  सञ्चित गरेको बताउनु भयो।
उँहाले  खास गरी प्रमुख विपदमा भुकम्प, पहिरो, र चट्याङ्ग, आगलागी र जनावर आताङ्क जस्ता रहेका छन्, त्यस मध्य आगलागीको नियन्त्रणका लागी दमकल र चट्याङ्गबाट बच्नका लागी इर्खुमा अर्थिङ्गको व्यवस्था गरिएको समेत उँहाले चिनीयाँ टोलीलाई जानकारी गराउनु भयो ।
नगरपालिकामा भएको स्वागत कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त शर्मा, नगरपालिकाका वडाअध्यक्षहरु, कर्मचारीहरुले स्वागत गर्नु भएको थियो। चिनका राष्ट्रपती सि जिङ पिङले नेपाल भ्रमणका बेला गरेको सम्झौताको कार्यान्वयनको सिलसिलामा चिनीयाँ टोली चौतारा आएको  हो । 

,