न्यायीक समिती इजलास भोटेकोशीको उद्धघाटन


लोकप्रिय समाचार
“भोटेकोशी गाउँपालिका न्यायिक समिति इजलास“ को कार्यकक्ष पालिका अध्यक्ष राजकुमार पौडेलद्वारा उद्घाटन भएको छ । गाँउपालिकामा हुने न्यायीक समितीको इजलास निर्माण गरेर भोटेकोशी गाँउपालिकाले त्यही इजलास बाट न्यायीक निर्णय सुनाउने भएको छ । भोटेकोशी गा.पा. बासीहरुका लागि अत्यन्त खुसी र गौरवको कुरा भएको स्थानीयहरुले बताएका छन् ।


मेलमिलापको माध्यमबाट हरेक अन्यायमा परेका स्थानीय नागरिकलाई न्याय दिनका लागी स्थापित भएको स्थानीय  मेलमिलाप  केन्द्रको रुपमा स्थानीय न्यायीक समिती रहेको छ ।
अन्यायमा परेकाले उचित न्याय पाउन भन्नका लागी यो केन्द्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास दिलाउँदै सकेसम्म यसरी न्यायलयको कठाघरामा उपस्थिती हुने खालका कामहरु कसैबाट पनि गर्न नहुने पालिकाका अध्यक्ष पौडेलले बताउनु भयो । कात्र्तिक २० गते  भोटेकोशी गाउँपालिकामा न्यायीक समिति, मेलमिलापकर्ताहरू र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका प्रतिनिधी, स्थानीयहरुको उपस्थितीमा इजलास कक्षको उद्धघाटन गरिएको हो ।

,