इर्खू फाइनलमा सुनौलो र बिहानी


 लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्ला स्थित चातारासाँगाचोक गढी नगरपालीकामा भइ रहेको जिल्लाकै  हाल सम्म सबैे भन्दा ठुलो धन राषी पुरस्कार भएको महीला भलीबल प्रतियोगिता  इर्खुमा भएको छ । महीला भलीबल तथा पुरुष फुटबल प्रतियोगितामा सोचे भन्दा बढी समुह आबद्ध   भइ खेलमा प्रतिस्पर्धा गरेका छन ।  चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित इर्खुमा भइरहेको  प्रथम हिल्फे कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं.६ र सुनौलो बिहानी अभियान युवा क्लब सी भिड्ने भएका छन् .
शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता अन्तर्गत फुटबलको फाइनलमा सुनौलो बिहानी र चौतारा साँगाचोकगढी नगरपालिका ६ भिड्न लागेका हुन् । सुनौलो बिहानी सी ले मेलचौर युवा क्लब र चौतारा ६ ले सुनौलो बिहानी बीलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि होडमा पुगेका हो । . हिल्फे कपको मावि स्तरीय छात्रा भलिबल प्रतियोगितामा भने इर्खु मावि र सरस्वती मावि ग्याल्थुमबीच फाइनल प्रतिस्पर्धा ह’ुने भएको छ।

ईर्खु स्पोर्टस क्लबको आयोजनामा गरिएको प्रतियोगिताको दुबै खेल विधामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ ।  आयोजक क्लबका अध्यक्ष प्रकाश दंगालका अनुसार प्रतियोगितामा दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ नगद  सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ .
नेपाल हिल्फे वाइलिङग्रिस जर्मनको बिषेश सहयोगमा भएको  प्रतियोगिताको सह आयोजक भने ईर्खु माध्यमिक विद्यालय रहेको छ ।जिल्लामा रहेका भलिबल र फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धि गराउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक क्लबका अध्यक्ष दङ्गालले बताउँनु भयो । वडा नं ८मा यो खेलको प्रतिस्पर्धा गरेर वडा मात्र होइन नगरपालीकाका साथै जिल्लाको पनी पहिचानमा थप सहयोग पुगेको वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठले बताउँनु भयो । चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिं तामाङ्गले १५गते खेलको एक समारोका बिच उद्धघाटन गर्नू भएको थियो । उक्त खेलको समापन पुर्ब मन्त्री मोहन बहादुर बस्नेत बाट हुने नेकाका जिल्ला सचिब झलक नेपालले बताउँनु भयो

, , , ,