पाँचपोखरी सुपर ८ क्रिकेट मँसिर ११ मा


रूपक पुरी
लोकप्रिय समाचार
तेस्रो सँस्करणको जितवहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता मँसिर ११ गतेवाट सुरू हुने भएको छ ।

मँसिर ११ देखि १४ गतेसम्म पाँपोखरी थाङपाल गाउपालिका ६ को शेराफाटमा प्रतियोगिता हुने आयोजक पाँचपोखरी क्रिकेट क्लवले जनाएको छ । पारा ओलम्पिएन खेलाडी स्व जितवादुर खड्काको २०७२ सालको विनाशकारी भूकम्पमा मृत्यु भएको थियो । आयोजक क्लवका सँस्थापक अध्यक्ष उत्सव धितालका अनुसार खेल ८ ओभरको हुने छ । सिन्धुपाल्चोकका मात्रै खेलाडीको सहभागिता रहने प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार प्राप्त गर्नेछन्

, , , ,