मुद्दामा दुवैले जित्ने मेलमिलाप केन्द्र


लोकप्रियसमाचार मानिस समाजमा रहन्छ समाजमा रहँदा बस्दा प्रत्येक व्यतिको इच्छा चाहना फरक फरक हुन्छ मानिसको चाहना फरक हँदा विवाद उत्पन्न हुन्छ ।

यसरी उत्पन्न विवादलाई समाजले नै समानता, सहयोग समझदारी र सदाका लागी शान्ती एवं समुन्नतीका लागी विवाद समाधानको उपाय को खोजी गरिरहेको  हुन्छ । त्यसका लागी न्याय सम्पादनको वैकल्पिक उपायहरु रहेका  छन् ती मध्येको उक्तम उपायको रुपमा विवादका दुवै पक्षको आत्म सन्तुष्टी हुने र दुवै पक्षको हित हित हुने विवाद समाधानको प्रक्रियायुक्त उपाय मेलमिलाप रहेको छ । यस पद्दतीलाई संस्थागत गरि न्यायमा पहँच नपुगेका वर्गलाई न्यायमा पहँुच पुर्याई समस्याको मूल जरो पत्ता लगाई आफुले विश्वास गरेको मेलमिलापकर्ताबाट विवाद समाधान गर्ने प्रक्रिया संस्थागत गर्न द एसिया फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द रुपाण्तरण केन्द्र नेपालको आयोजनामा जिल्लाको भोटेकोशी र बलेफि गाउँपालिकामा न्यायिक समिति र मेलमिलापकर्ता बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानिय तहको प्रमुख तिन अधिकार मध्येको न्यायिक अधिकारलाई सुनिश्चित गर्न गाउँपालिकामा इजलास समेत निर्माण गरिएको र प्रत्येक वडामा रहेको मेलमिलाप केन्द्र समेत व्यवस्थित गरि भोटेकोशी गाउँपालिकाको मेलमिलाप केन्द्रलाई न्याय प्राप्त गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
भोटेकोशी गाउँपालिका उपाध्यक्ष एवंम न्यायिक समिति संयोजक दाबुटी शेर्पा लामाले संविधानको धारा २१७ बमोजिम स्थानिय तहमा न्यायिक समिति गठन भई स्थानिय सरकार संचालन ऐन २०७४ को धारा ४७(१) अधिकार क्षेत्र भित्रका र ४७(२) बमोजिमका १९५ विवाद दर्ता भई प्रत्येक वडामा रहेको मेलमिलाप केन्द्रबाट विवाद समाधान गर्न पठाईएकोमा १६५ विवादमा मेलमिलाप भएको बाँकि ३० विवादमा न्यायिक समितिले विवाद निरुपण गरेको बताउनु भयो । जसमा घरेलु हिंसा, साँद सिमाना, लेनदेन र क्षतिपूर्ति संग सम्बन्धित विवादहरु रहेको बताउँदै मेलमिलाप प्रक्रियाबाट विवाद समाधान हँदा दुबै पक्षलाई लाभ लाभ भएकोले यस पद्दतीलाई संस्थागत गर्न यस वर्ष प्रत्येक मेलमिलाप केन्द्र व्यवस्थित साथै मेलमिलापकर्तालाई थप प्रोत्साहन गर्ने साथै प्रत्येक वडा स्तरमा अभिमूखिकरण कार्यक्रम संचालन गरी समाजका सबै वर्गलाई न्यायको अनसभूती गराउने योजना समेत रहेको बताउन भयो ।
बलेफि गाउँपालिका उपाध्यक्ष एवंम न्यायिक समिति संयोजक कमला कायस्थ श्रेष्ठले स्थानिय सरकार सञ्चालन ऐनको न्यायिक अधिकार क्षेत्र भित्रका विवाद न्यायिक समिति मार्फत मेलमिलापकर्ताले समाधान गरेको बताउँदै समुदायमा लुकेर रहेका धेरै विवाद न्यायिक समिति र मेलमिलाप केन्द्र आएपछि विवाद दर्ता भएकोले मेलमिलापको बारेमा थप प्रचार प्रसार गर्न गाउँपालिकाले यस वर्ष प्रत्येक वडामा मेलमिलाप सम्बिन्धि अभिमुखिकरण एवंम सार्वजानीक स्थानमा होडिङ बोर्ड समेत राखि न्यायमा पहँच नपुगेका वर्गलाई न्यायमा सहज पहँच पुराउने योजना रहेको बताउनु भयो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपाल सिन्धुपाल्चोक जिल्लाका जिल्ला कार्यक्रम संयोजक ठाकुर राम चौलागाईज्यूले २०७२ सालमा सविधान जारि गरि स्थानियतहलाई बिवाद सामधानको न्यायिक निकायको रुपमा स्वीकार गरिएको र मेलमिलापलाई बिवाद समाधानको महत्वपुर्ण पद्धतिको रुपमा आत्मसात गरेको छ । साथै सबिधानमा आधारित रहेर स्थानिय सरकार सञ्चालन ऐन २०७४  ले वडा तह सम्म स्थानिय बासिन्दाले वडामा रहेको मेलमिलाप केन्द्रबाट सेवा प्रयोग गर्ने अवसर प्राप्त गरेको छ । यस्ता किसिमका अधिकारलाई एकरुपता कायम गर्ने मेलमिलाप ऐन २०६८ र नियमावालि २०७० बमोजिमका योग्यता पुगेका व्यक्तिलाई मेलमिलाप तालिम प्रदान गरी प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको उक्त केन्द्रबाट विवादका पक्षलाई मृत जिवात्मामा सास भरेर सजिवता प्रदान गरेझै मेलमिलापकर्ताले मियोको रुपमा काम गरी सर्वसाधारण जनतालाई वडा तहमा नै दुवै पक्षलाई जित जितको महसुस गराई न्यायमा सहज पहँच स्थापना गर्ने संस्थाको लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका राष्टिय श्रोत व्यक्ती नेत्र धिताल, जिल्ला सहजकर्ता टिका सुवेदि, जिल्ला प्रशिक्षक अग्नी कुमार दनुवार र इन्दिरा थापाको समेत उपस्थिती रहेको थियो ।


, , , , ,