जसले खेल खेल्छ, उसलाई रोग कम लाग्छः बस्नेत


लोकप्रिय समाचार
जँहा जँहा खेलको विकास हुन्छ, त्यहाँ त्यहाँका मानिस स्वस्थ्य रहेका हुन्छन् । खेलकुदको विकास भयो भने मात्र मानवीय विकासमा सहज हुने  पुर्व मन्त्री मोहन बहादुर बस्नेतले बताउनु भएको छ । उँहाले खेल खेल्ने मानिस प्रायः स्वस्थ्य रहने गरेको बताउनु भयो । 

जसले खेल खेल्छ, खेतबारीमा काम गर्छ त्यसलाई रोग पनि कम लाग्छ भन्नुहँुदै  खेल क्षेत्रमा सहयोग गर्ने सबैलाई विशेष धन्यबाद दिनु भयो । सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोक गढी नगरपालिकामा कात्र्तिक १५ गते देखी शुरु भएको जिल्लाकै हाल सम्म सबैे भन्दा ठुलो धन राषी पुरस्कार भएको महिला भलिबल प्रतियोगिता  र नगरपालिका स्तरीय फुट बल प्रतियोगिताको समापन गर्दै उँहाले यस्तो बताउनु भएको हो । उँहाले खेलले मानिसलाई स्वास्थ्य र अनुशासित  बनाउने बताउँदै नेपाल हिल्फे वाइलिङग्रिस जर्मनले खेलकुदमा सहयोग गरेकोमा  धन्यवाद समेत दिनु भयो ।
उँहाले विशेष गरी यसको लागी पहल गर्नु हुने हिल्फेका कार्यक्रम संयोक श्यामराज पण्डितको विशेष पहलमा भएको प्रतियोगिताका कारण इर्खु मात्र होइन, सिन्धुपाल्चोकको नै पहिचानमा विशेष सहयोग पुगेको बताउनु भयो । उँहाले खेलाडीहरुलाई  विशेष धन्यवाद दिँदै जित्ने हार्ने भन्दा पनि खेलमा भएको अनुशासन र खेलमा भएको विकासको लागी विशेष धन्यवाद दिनु भयो ।
प्रदेश नं २ ख का प्रदेश सभा सदस्य निमा लामाले सिन्धुपाल्चोक जिल्लामा खेलकुदको विकासका लागी सबै लागी परेको बताउँदै खेल जगतले नै मानसिलाई फुर्तिलो बनाउने बताउनु भयो ।
हेलम्बु गाँउपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले जिल्ला व्यापी छात्रा भलिबलको आयोजना गरेर इर्खुले खेल क्षेत्रमा गरेको विकासको प्रशंसा गर्नु भयो । कार्यक्रममा नेकपा प्रदेश नं ३ का सदस्य तथा समाजसेवी सोम सापकोटा ले महिला भलिबल तथा पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेर चौतारा साँगाचोकगढी नगरपालिका कै पहिचानमा अग्रस्थान लिएकोमा आयोजकलाई विशेष धन्यवाद दिनु भयो ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला सचिव झलक नेपाल, वडा नं ८ का वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठ एन्फाका उपाध्यक्ष विर बहादुर खड्का लगायतले  खेलाडीहरुलाई शुभकामना दिनु भएको थियो । शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता अन्तर्गत फुटबलको फाइनलमा सुनौलो बिहानी र चौतारा साँगाचोकगढी नगरपालिका ६ ले प्रतिस्पर्धा गरेका थिए  ।
सुनौलो बिहानी सी र चौतारा ६ बिच भएको फाइनल प्रतिस्पर्धामा  चौतारा ६ ले जित हासिल गरेको छ भने हिल्फे कपको मावि स्तरीय छात्रा भलिबल प्रतियोगितामा इर्खु मावि र सरस्वती मावि ग्याल्थुम बीच फाइनल प्रतिस्पर्धा भएकोमा इर्खु माविका छात्राहरुले पहिलो स्थान हात पारेका छन् । सरस्वती मावि ग्याल्थुम दोश्रो हुन पुगेको छ ।
फुटबल तर्फ सुनौलो बिहानी सी दोश्रो र मेलचौर जागरण युवा समुहले तेश्रो स्थान हात पारेको छ ।
ईर्खु स्पोर्टस क्लबको आयोजनामा गरिएको प्रतियोगिताको दुवै खेल मा प्रथम पुरस्कार ५० हजार रुपैयाँ राखिएको थियो । प्रतियोगितामा दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । क्लबका अध्यक्ष प्रकाश दंगालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

, , ,