सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो


रुपक पुरी
लोकप्रिय समाचार
दोलखाको मागा देउरालीबाट काटमाडौँका लागि छुटेको यात्रु वाहक बस सिन्धुपाल्चोकको सुकुटे भैँसै नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । शैलुंगेश्वर याताातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ः०० बजे सुनकोशी नदीमा खसेको थियो ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार समाचार तयार पार्दा सम्ममा मृतक १५ मध्ये १० महिलामा एक बालिका र पाँच पुरुषमा ३ बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् । दुर्घटनामा ४७ घाइते भएका छन् । घाइते हुनेहरुमा निशा तमाङ्ग, एकरानी कार्की, छत्रकुमारी थापा, नाम नखुलेको ३५ वर्षिय महिला, सुनिल थापा, जिवन खड्का, समिर श्रेष्ठ, मिन कुमार श्रेष्ठ, संगिता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदिक्षा कार्की, सुरेश तमाङ, सहनशीला घिसिङ, कौशिला कार्की, प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सिमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तमाङ, सुनिता तमाङ रहनु भएको छ । अन्य घाइते हुनेहरुमा शसिता तमाङ, युनिसा तमाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान,  निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जित बहादुर खड्का, नाम नखुलेको रातो पहिरनकी महिला, लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तमाङ, दिपा घिसिङ, रोमा घिसिङ, सुजन तमाङ,  गोमा श्रेष्ठ र सुकमान विकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासी उद्वारमा जुटेका थिए । वस नदीमा खसेको थाहा पाउना साथ सुकुटे विच र सुनकोशी विचका  ¥याफ्टिङ बोट लिएर उद्वारमा खटिएका थिए ।  प्रहरीका अनुसार केही यात्रुलाई नदीमा वगाएको पनि हुन सक्ने आशंकामा खोजी कार्य तिव्र पारिएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले नदी बाहिर निकालिए पनि बसमा केही नभेटिएको प्रहरीले जनाएको छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ ।
केही शवहरु खोलाले बगाएको समेत छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदिमा पुगेको थियो । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै उहाँले बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गर्नुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी, चौतारा साँगाचोकगढी  नगरपालिकाका प्रमुख अमानसिंह तामाङ लगायतले पनि सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ  ।  प्रत्यक्षदर्शी सूर्य भण्डारीका अनुसार विपरित दिसाबाट गएको मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रित भई नदीमा खसेको थियो ।

,