सडकमा फोहोर फालेपछि नगरपालिकाले उठायो फोहोर


लोकप्रिय समाचार
नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था गर्न नसक्दा मेलम्ची बजारमा थुप्रेको फोहोर १६ दिन पछि उठाउन थालेको छ । स्थानीयले पहिलाको स्थानमा फोहोर फाल्न नदिए पछि बजारमै थुप्रिएको फोहोर बजारवासीले सडकमा छरेर बिरोध गरेका थिए । १६ दिन देखी जम्मा गरेर राखेको फोहोर बजारबासीले सडकमा छरेपछि बजारमा दुर्गन्ध फैलिएको थियो ।अहिले अन्य स्थानमा उपयुक्त नहुने भएकोले पुरानै स्थानमा आधुनिक तरिकाले फोहोर व्यवस्थापन गर्ने सहमती भएपछि अहिले नगरले फोहोर उठाएको वडा नम्वर ११ का वडा अध्यक्ष रुद्र प्रसाद दुलालले बताउनुभयो । तर स्थानीयले भने आफूहरु साँग त्यस्तो केही सहमती नभएको र नगरले पेलेरै उक्त स्थानमा फेरी फोहोर फाल्न थालेको बताएका छन् ।यसरी स्थानीय र नगरबीच विवाद चलिरहेको अवस्थामा अहिले तत्कालका लागी फोहोर उठेपनि स्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने ठाउँ अझै नगरले व्यवस्थापन गर्न नसकेकोले फेरि पनि यो समस्या नदोहोरिने कुरामा स्थानीय ढुक्क हुने अवस्था नरहेको बजारवासीले बताएका छन् ।स्थानीय तहको निर्वाचन हुनु भन्दा दुई महिना अघि २ महिनाका लागी अस्थाइ रुपमा मेलम्ची नगरपालिका ११ स्थित धिताल बेँसीमा फोहोर फाल्ने सहमति भएको थियो । तर स्थानीय तहहरुमा जनप्रतिनिधी आइसकेपछि स्थायी रुपमा फोहोर फाल्ने स्थानको खाजी गर्न ६ महिना लाग्ने भन्दै म्याद थपेको थियो । तर अहिले २ वर्ष भन्दा बढी भइसक्दा समेत त्यही स्थानमै फोहोर फालिरहेको छ ।उक्त स्थान वातावरणीय हिसाबले समेत उपयुक्त नभएको भएपनि अरु वैकल्पिक स्थान ब्यवस्था नभएको भन्दै स्थानीयले अबरोधका गर्दा गर्दै पनि नगरपालिकाले फोहोर फालिरहेको भएपनि अहिले भने स्थानीयले १५ दिन अघिबाट फोहोर फाल्न ठप्प पारेका थिए ।


,