गुन्सा हत्याकाण्डका फरार पक्राउ

लोकप्रिय समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ५ का २७ वर्षीय विजय लामाको हत्या गरि फरार रहेका आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसिरहेको अवस्थामा पाँचपोखरी थाङपाल गाउँपालिका ५ का बम बहादुर स्याङ्वो र मिलन स्याङ्वोलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताउनुभयो। गत असोज ३० गते राती विजय लामालाई धारिलो हतियार प्रहार गरि हत्या गरि फरार रहेको आरोपमा नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

,