राष्ट्रिय जनतापार्टीमा जीवन तामाङ

लोकप्रिय समाचार
राष्ट्रिय जनता पार्टी सिन्धुपाल्चोकमा जीवन तामाङ्गको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति बनेको छ । नेपाल पत्रकार महासङ्घको सभाहलमा  शनिबार भएको भेलाले नगरपालिका, गाउँपालिका र वडा समिति समेत बनाएको छ । विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनतापाटीमा प्रवेश गरेकाहरुलाई केन्द्रित प्रतिनिधिले स्वागत गर्नु भएको थियो । स्वागत गर्दै केन्द्रिय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथी रत्न विक्रम स्याङ्वोले अब देश र जनताका हितका लागि  राष्ट्रिय जनता पार्टीको अवाश्यक भएको बताउनु भयो। अधिवेशनले जुगल गाउँपालिकामा कर्म लामाको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको गठन गरेको छ । जुगल गाउँपालिका वडा नं ५ मा बुद्धि बहादुर तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती समेत बनेको छ । शनिबार भएको अधिवेशनले गठन हुन बाँकी रहेका पालिकाहरु र वडाहरुमा छिटै कार्य समितिको गठन गरि सदस्यता वितरणमा तीव्रता दिइने अध्यक्ष तामाङ्गले बताउनु भयो ।


, ,