सिन्धुपाल्चोकका बानीया १० वर्ष पछी धादीङ्गमा पक्राउ


लोकप्रियसमाचार , जिल्ला प्रहरी कार्यालय धादिङले  फरार प्रतिवादी पक्राउ अभियानलाइ  तिब्र रुपले अगाडी बढाएको छ ।

जिल्ला अदालत धादिङ बाट मिति २०६६मंसीर २ गते भएको फैसलाले ५ वर्ष ५ महिना १० दिन कैद भएको रहजनी चोरी मुद्दाका फरार ब्यक्ती पक्राउ  गरिएको छ ।सिन्धुपाल्चोक जिल्ला कुन्चोक गा.वि.स. वडा नं. ९ घर भई हाल धादिङ जिल्ला गजुरी गा.पा.वडा नं.६ आदमघाट बस्ने वर्ष ३७  को रामजी बानियालाई  २०७६मंसीर११ गते प्रहरीद्वारा पक्राउ गरीएको हो ।  पक्राउ परेका बानीयालाइ १२ गते धादिङ जिल्ला अदालतमा पेश गरेकोमा सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान भएको   जिल्ला प्रहरी कार्यलय धादीङ्गका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला पहरी कार्यलयको प्रहरीकको सुराकीको आधारमा  धादीङ्ग जिल्ला प्रहरीकार्यलयबाट पक्राउ गरिएको  हो ।

, ,