इन्द्रावतीको चन्द्रावतीमा एतीहासिक मेला


लोकप्रियसमाचार गत बर्ष भन्दा यस बर्ष इन्द्रावती गाउँपालिका मा रहेको धार्मिक स्थल चन्द्रावती मन्दिरमा  बढी भिड लागेको छ । यस मन्दीरमा हरेका बर्ष हरिबोधनी  एकादशीका दिनमा  भिड लाग्ने गरेको छ ।मन्दीरमा  मेला एवम पूजा गर्नेहरुको भीड लागेको थियो । २ दिनसम्म चल्ने धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल इन्द्रावती ८ सिपापोखरेमा हरिबोधिनी एकादशीको अवसरमा लागेको मेलामा दर्शनार्थीको भीड लागेको हो ।

चन्द्रावती मन्दिर संरक्षण समितिले हरिबोधिनी एकादशीको अवसरमा लाग्ने भजन कृतन तथा मेलाको ब्यवस्थापन गरिरहेको छ । मन्दिरमा आसपासका स्थानीयहरु विहानैदेखि पूजाका साथै मेला अवलोकनका आएको समितिले जनाएको छ ।इन्द्रावती गाउँपालिका क्षेत्रभित्रमा पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका बस्तु र स्थानहरुको संरक्षण, सम्र्बधन र प्रचार प्रसार गरेर पालीकामा पर्यटक भित्र्याउँनका लागी पालीकाले  यस्ता एतीहासिक स्थलहरुमा लाग्ने मेलालाइ सभ्य र भब्य रुपमा मनाउँने  काम भइरहेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी बताउँनु भयो  ।भुकम्पले क्षतिग्रत बनेको चन्द्रावती  मन्दिरको पुर्न्निर्माणको लागि गाउँपालिका ले ३० लाख, संसदिय बिकास कोषबाट १० लाख, वडा नम्बर ८ बाट ४ लाख बजेट विनियोजन भएको थियो भने स्थानीयहरुले १० लाख रकम संकलन गरी मन्दिर निर्माण कार्य सम्पन्न गरी जम्मा ५४लाखमा उक्त मन्दीर निर्माण गरिएको अध्यक्षका स्वकीय सचिब दिनेस चौलागाइले जानकारी दिनु भएको छ ।  नेवारी समुदायको बाक्लो बस्तीरहेको त्यस भेगमा हरिबोधिनी एकादशी मेला संगै बिस्केट जात्राको समयमा पनि ठुलो मेला लाग्ने गरेको छ । २ दिन सम्म लाग्ने मेलाको अबसरमा मन्दिर संरक्षण समितिको निमन्त्रणमा गाउँपालिका अध्यक्ष बंशलाल तामाङ पनि मेला अबलोकनको लागि चन्द्रावती मन्दिर परीसरमा पुगेको अध्यक्षका स्वकीय सचिब  चौलागाईले बताउँनु भयो  । हरिबोधिनी एकादशी कै अबसरमा सिन्धुपाल्चोकका बिभिन्न स्थानका मन्दिरहरुमा पनि बिशेष मेला लाने गरेको छ। यसमा पनी इन्द्रावती गाँउपालीकाले यो मन्दीरको पुननिर्माण  गरेर इन्द्रावतीमा इतीहासलाइ जगाइ राद्यने काम भएको स्थानीयहरुले बताएका छन ।

, , , , ,