सुनकोशीमा सुरु भयो हिमालय ह्वाइट वाटर च्यालेञ्ज
राम के.सी.
सिन्धुपाल्चोकको सुनकोशी नदीमा हिमालय ह्वाइट वाटर च्यालेञ्जको अन्त र्राष्ट्रिय प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । नेपाल एसोसियसन अफ ¥याफ्टीङ एजेन्सी (नारा) द्धारा ¥याफ्टीङ र कायोकिङ विद्यामा गराइने प्रतियोगिता बिहीबार सम्म सञ्चालन हुनेछ ।
विगत १८ बर्ष देखि प्रत्येक बर्षको नोभेम्बर २६ देखि २८ तारिखमा हुदै आएको उक्त प्रतियोगिता यस बर्ष सिन्धुपाल्चोकमा गर्न लागेको नेपाल एसोसियसन अफ ¥याफ्टीङ एजेन्सी नाराका सह–कोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनु भयो । सुरुमा भोटेकोशीमा गरिने भनिए पनि प्राविधिक कारणले स्थान परिवर्तन गर्नु परेको वताइएको छ । नेपालको शाहसिक जलयात्रा लाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुका साथै भ्रमण बर्ष २०२० लाई पनि सघाउ पुग्ने अपेक्षाका साथ यो प्रतियोगिताको आयोजना गरिएको सह–कोषाध्यक्ष श्रेष्ठले वताउनु भयो । प्रतियोगितामा ३० देशका ४०० प्रतिनिधिको सहभागीता रहने गरि पत्राचार गरिएको र सोमवार बेलुका सम्म टिम दर्ता गर्ने समय निर्धारण गरिएको हुँदा अहिले सम्म १० देशले दर्ता गराई सकेको श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा कायकिङको तीन र ¥याफ्टीङको एक विधामा प्रतियोगिता गराईने छ । जस अनुसार ¥याफ्टीङ र कायकिङ को दुई विधा खाडीचौर मुनी रहेको छाते खोला दोभान देखि कदमवासको सुकुटे सम्म र कायकिङको बाँकी एक विधामा भने जलविरेको ब्रह्मायणी नदीमा प्रतियोगिता गराइने कार्यक्रम रहेको छ । महिला र पुरुषको सहभागीता रहने उक्त प्रतियोगिताको ¥याफ्टीङ तर्फ प्रथम, द्धितीय र तृतीय हुने विजयी टिम तथा खेलाडीलाई क्रमश रु. एकलाख, ५० हजार र २५ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै कायकिङ तर्फ प्रथम, द्धितीय र तृतीय हुने विजयी खेलाडी लाई क्रमश रु. ५० हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने नाराले जनाएको छ । रासस