लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी तिपेनी र अस्थायी प्रहरी पोष्ट शेराको नयाँ भवन निर्माण भएको छ । नवनिर्मित प्रहरी भवनको २४ गते आइतबार ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले एक समारोशको बिच उद्धघाटन गर्नु भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा नवनिर्मित प्रहरी भवन समुद्घाटन समारोह कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भोज जंग शाह, यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, पत्रकार, समाजसेवी, बुद्धिजिवी, राजनितिक दलका प्रतिनिधी तथा स्थानीय बासीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भवन निर्माणमा सहयोग तथा योगदान गर्नुहुने महानुभावहरुलाई प्रमुख अतिथी बस्नेतबाट प्रशंसा पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
तिपेनी र शेरामा प्रहरी भवनको उद्धघाटन
[email protected] Powered by Blogger.
