सिन्धुपाल्चोकमा मेलमिलापकर्ता समाज सिन्धुपाल्चोकमा टिका सुवेदी


सामुदायिक मेलमिलाप कर्ता समाज, नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको तेस्रो साधारण सभा र दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टीका सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समाजको उपाध्यक्षमा तेज वहादुर खत्री सचिवमा अप्सरा भुजेल र कोषाध्यक्षमा सुमित्रा अधिकारी रहेका छन । सदस्यहरुमा हरीप्रसाद धिताल, अग्नी दनुवार, वुद्धीकृष्ण लामेछाने, नवराज धिताल, पुर्ण बहादुर तमाङ, भगवान थापा र चेङ्गा तमाङ रहेका छन । भने ३ जना पछि मनोनित गर्ने अधिवेशनले निर्णय गरेको छ । सो अधिवेशनको प्रमुख अतिथी तथा जिल्ला जिल्ला समुन्वय समितीका प्रमुख कृष्ण गोपाल तमाङ संस्थाले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो । सो अधिवेशनमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, जिल्ला वार इकाई, जिल्लाका राजनैतिक दलका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जननी संस्थाको रुपमा प्रकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाललाई सम्मान गरिएको थियो । जिल्लामा क्रियाशील सामाजिक संस्थाको रुपमा सामुदायिक मेलमिलाप कर्ता समाज, नेपाल सिन्धुपाल्चोक जिल्लामा स्थापित भइसकेको प्रतिनिधिहरुले बताएका छन । ९ सय भन्दा बढी मेलमिलाप कर्ता रहेको यस जिल्लामा ३ हजार बढी विवाद समाधान भएको जानकारी संस्थाले दिएको छ ।


,