मुख्यमन्त्री जनता स्वास्थ्य प्रदेशैभरि हुने

लोकप्रिय समाचार
प्रदेश नम्बर ३ को सामाजिक मन्त्रालयले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्रदेश–३ का सबै जिल्लामा विस्तार गरि कार्यक्रम लागू गर्ने भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई सबैको पहुँच हुने गरि विस्तार गरिन लागेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा  परिक्षणको रुपमा सिन्धुपाल्चोक जिल्ला लगायतका केही जिल्लाहरुमा सिमीत दायरामा मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको भएपनि  सबेै नागरिकले स्वास्थ्य चालु आर्थिक वर्षबाट भने यो कार्यक्रमबाट सबैलाई समेट्न लागिएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो  । उँहाका अनुसार मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्रभावकारिताका साथ अगाडी बढाउनका लागी स्वास्थ्य परीक्षणमा  सैलाई २५ प्रतिशत छुट दिएर अहिलेको भन्दा दायरा फराकिलो बनाएर काम गर्न मन्त्रालय लागी परेको छ । यो कार्यक्रम पहिलेको वर्ष परिक्षणको रुपमा प्रदेशका पाँच वटा अस्पतालबाट सुरु गरिएको भएपनि चालु आर्थिक वर्षमा भने प्रदेश मातहतका आठ वटा अस्पतालहरुमा यो सुविधा लागू हुने भएको स्थानीय तहका वा संघीय सरकारले सञ्चालन गरेका अस्पतालमा समेत यो सेवा सुरु गर्न लागिएको समेत दुलालले बताउनु भयो  ।

, ,