व्यापारी र सरोकारवालासँग ट्रान्सपरेन्सीको छलफल

लोकप्रिय समाचार
भुकम्पपछि जिल्लामा सञ्चालित पुनर्निर्माणका चरणमा बनेका संरचनामा अधिकांश गुणस्तरहिन सामग्री प्रयोग भएको सरोकारवालाहरुले एक छलफल कार्यक्रममा बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भुकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्र्यक्रम अन्र्तगत आयोजित व्यवसायी तथा सारेकारवालाहरु बिच छलफल कार्यक्रममा पुनर्निर्माणमा योगदान पु¥याएका निजी क्षेत्रको भूमिका, योगदान तथा पुननिर्माणको कार्यलाई पारदर्शी, जवाफदेही, सदाचारयुक्त तथा गुणस्तरिय बनाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा सहभागि मध्ये निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बजारमा गुणस्तरीय निर्माण समाग्री पाउन कठिन भएको बताउनु भयो ।

विशेष गरि नदिजन्य सामग्रीहरुमा कमशल सामग्री मात्रै पाउने गरिएको छ । बालुवामा क्रसरमा उत्पादित डसलाई ५० प्रतिशत सम्म मिसाउने गरेको गुनासो गर्नुभयो । उहाँले हाल सरकारी निकायले गर्ने कार्य प्रकृया मौसम नसुहाउँदो भएको बताउनु भयो । असार देखि असोज सम्म  ४ महिना काम नै गर्न नसकिने भएकोले पनि सम्झौता गरेको काम समयमा नै सक्न नसकेको बताउनु भयो । कुनै प्रशासनिक पाटोमा समस्या देखिएमा सम्बन्धीत कार्यलयको आदेश लिन हप्तौ लाग्नाले पनि निर्माण कार्यमा ढिलाई हुने गरेको बताउनु भयो । हाल बजारमा डस नमिसाएको बालुवा महंगो पर्ने भएकोले मिसावट रहित बालुवाले बजार नपाएको क्रसर व्यवसायी विदुर घोरासैनीले बताउनु भयो । २०७२ को भुकम्प पश्चात क्रसरले खोलामा फ्याँक्ने गरेको डस बालुवामा मिसाएर बिक्रि हुन थालेको बताउनु भयो । साथै बजारमा खरिद गरिने अन्य सामग्री सिमेन्ट तथा रडको भण्डारण तरिका मापदण्ड विपरित रहेको अधिकाशंको सहमति देखिएको छ । दैनिक सवारी चल्ने सडकमा राखिएको पानी जमेर खिया लागेको रडको गुणस्तर राम्रो नहुने र हाल बजारमा भण्डारण गरिएको सिमेन्टको पनि भण्डारण तरिका उपयुक्त नभएको कुरा सहभागि इन्जिनियरहरुले बताउनु भयो । साथै कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)का प्रमुख यम बहादुर खड्काले भुकम्पपछि जिल्लामा बनेका र बनाइने विद्यालय संरचनालाई गुणस्तरिय बनाउन आफु चिन्तित रहेको र रहिरहने बताउनु भयो। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले र्निर्माण क्षेत्रसंग सम्बन्धीत यस्ता समस्या समाधान गर्न स्थानीय तह क्रियाशिल हुनुपर्ने बताउनु भयो तर स्थानिय तहले आग्रह गरेमा यस्ता समस्या भएको ठाउँमा समाधानका लागि उचित कदम चाल्न प्रशासन तयार रहेका प्रतिबद्धता समेत जनाउनु भयो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका उपप्रमुुख भगवति नेपालले क्रसर व्यवसायीमा देखिएको गुणस्तरहिन सामग्री विक्रि बारे नगरपालिकाले पटक पटक समाधानका लागि प्रयास गरेको बताउनु भयो । यस्ता समस्या समाधानका लागि नगरपालिका सबै निकायसंग समन्वय गर्न तयार रहेको समेत बताउनु भयो ।

,