सुनचाँदी ब्यबसायी को सफलता नै सरकारको सफलता नगर प्रमुख अमानसिह



लोकप्रिय समाचार सफल  स्थनीय सरकार संञ्चालनको लागी ब्यबसायीको पनी महत्वपुर्ण सहयोग र सल्लाहआबश्यकपर्नेभएकालेपनीसरकाररब्यबसायीएक भएर अगाढी बढेको चौतारासाँगाचोकगढी,नगरपालीकाकाप्रमुखअमानसिंह तामाङ्गले बताउँनु भएको छ ।

उँहाले निती नियममा चल्ने र ब्यबसायीको संरक्षण गर्दै रोजगारकोब्यबस्थागर्ने  कर्तब्य ब्यबसायीको हुने बताउँदै सरकारले पनी ब्यबसायीको समस्यालाइ आफ्नै समस्याको रुपमा हेरेर समस्या समधान गर्न पर्ने बताउँनु  भयो ।
उँहाले नेपाल सुनचाँदी ब्यबसायी  संघकोउद्घाटन गर्दै यस्तो  बताउँनु भएको हो । नगर प्रमुख अमानसिह तामाङ्गले सुनचाँदी ब्यबसायी हरुको साझा संस्था को रुपमा रहेको सङ्घ ले चौतारामा नै भवन निर्माण गरेर चौतारासाँगाचोकगढी नगरपालिकालाई थप पहिचान दिनका लागि मद्दत गरेको मा आफु भाग्यमानी रहेको महशुस भएको बताउँदै ब्यबसायी र सरकार एक आपसमा मिलेर काम गर्न सके मात्र सरकार सफल हुने समेत उँहाले बताउँनु भयो ।
उँहाले ब्यबसायी र सरकार दाहिने हात र देब्रे हात भएको बताउदै एक हातले कहिल्यै पनि तालि नबज्ने तालि बजाउन दुबै हातको आबश्यकता पर्ने बताउनु भयो ।उँहाले सुनचादी ब्यबसायीले आफ्नो ब्यबसाय मात्र सञ्चालन गरेका छैनन राज्यलाई गर्न पर्ने सहयोग गर्दै धेरैलाइ रोजगारको समेत ब्यबस्था गरेको बताउँनु भयो ।
जसरि सुनचाँदी ब्यबसायी सङ्घको भवन निर्माणमा  कुशल र मर्या्दित तवरले छोटो समयमा अध्यक्षसुब्बा सुनुवारले खेलेको भुमिका को प्रशंसा गर्दै भवनको उद्घघाटन पनि सुब्बा सुनुवारकेै सभापतित्वमा गर्न सुझाब दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि चौतारासाँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिह तामाङ्गले पानसमा बत्ति बालेर सभाको उद्घाटन गर्नु भएको थियो भने एक समारोहका बिच भवनको सिल्यान्यास समेत गर्नु भएको थियो ।कार्यक्रममा सङ्घका महासिचब रबिन्द्र खातीले सस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अबसरमा भवन निर्माण समिति बनेको र सस्थाकै अध्यक्ष सुब्बा सुनुवारको स्योजकत्वमा बनेको समेत बताउनु भयो । संघको जिल्लामा ६१जना सदस्य रहेको बताउनुहुँदै  उँहाले यस अबस्थामा आईपुग्दा नगरपालिकका प्रमुखलगायत सबै क्षेत्रबाट भएको सहयोगको बारेमा धन्यबाद दिनु भयो । कार्यक्रममा बोल्दै  निर्माण ब्यबसायीसङ्घ सिन्धुपाल्चोकका अध्यक्ष छत्र बहादुर तामाङ्गले साम्राज्यबादको अन्त्य गरेर समाजबाद तिर उन्मुख रहेको हाम्रो नेपाल ले समाजबादको परिकल्पना गरे पनि समाजबादको लागि पँुजिबादको ब्यबस्था गर्न पर्नेमा त्यसा्े गर्न नसकेकोमा दुख ब्यक्तगर्नु भयो । उहाले सरकारले ब्यबसायीकोसमस्यालाइ नबुझे झै गरेर निर्माण ब्यबसायि र सरकार बेग्ला बेग्लै बाटोमा हिडेको नागरीकलाइ   सन्देश दिन खोजेको  बताउनु भयो । उँहाले निर्माण ब्यबसायि र सरकार एउटै रथका दुई पाङ्ग्रा हुन भन्नू भयो ।सुनचादी ब्यबसायी महासङ्घकम बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य ,विशेष अतिथी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका प्रथम उपाध्यक्ष रद्र बहादुर बराईली , नेपाल सुन चाँदी ब्यबसायी महासङ्घका उपाध्यक्ष बियस रत्न शाक्य लगाएतले   आआफ्नो भनाइ राख्नु भएको थियो ।
स्वागत मन्तब्य राख्दै अनुमानित पच्चिस लाख रुपैया मा भवन निर्माण गरिन लागिएको नेपाल सुनचाँदी ब्यबसायी सघ सिन्धुपाल्चोककोअध्यक्ष सुब्बा सुनुवारले बताउँनु भयो । यसका लागी नगर प्रमुख अमानसिंह तामाङ्ग र वडा नं ५का वडाअध्यक्ष नरमान श्रेष्ठको बिशेष भुमिका रहेकामा उँहाहरु प्रती आभार ब्यक्त गर्नु भयो ।
सिन्धु पाल्चोक जिल्लामा ६० सालमा काभ्रेको उपशाखा भएर काम गरिरहेको मा २०६३ सालमा ३१औ शाखाको रुपमा सिन्धुपाल्चोकमास्थापित भएको सस्थाले आफ्नै भवनको ब्यबस्थ ागर्न सकेकोमा खुशी ब्यक्त गर्दे यस बिषयमा सहयोग गर्नु हुने सबैमा बिशेष धन्यबाद दिनु भयो ।
ब्यबसायीहरुको सहयोग र नगरपालिकाका को सहयोगमा भवन निर्माण गर्न सुरु भएकोमा खुशी लागेको बताउनु भयो ।
नेपाल सुनचाँदी ब्यबसायी सघ सिन्धुपाल्चोककोअध्यक्ष सुब्बा सुनुवारको सभापतित्वमा चौतारामाम पाँचौ बार्षिक साधरण सभा तथा सम्पन्न भएको हो  ।

, , , , , ,