दलित पत्रकार संघमा मिजार, सबैको हितमा काम गर्ने

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित सिन्धु बुलन्द साप्ताहिकका प्रकाशक तथा गोरखापत्र दैनिक सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षमा राष्ट्रिय दलित पत्रकार सङ्घ प्रदेश नं ३ को गठन भएको छ। पत्रकार संघ  ३ नं प्रदेशको आइतबार सम्पन्न प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा (मकवानपुर), सचिवमा वसन्त परियार (धादिङ), सहसचिव सरोज उपरकोटी (चितवन) र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा (काठमाडौँ) लाई चयन गरिएको छ । सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभएको छ । त्यसैगरी भेलाले सङ्घको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ । उपाध्यक्षमा गणेश विक, सचिव सन्दिप विश्वकर्मा,सहसचिव निरोज तालागङ्गी, कोषाध्यक्ष सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिनु भयो । आफु प्रदेशको अध्यक्षमा चयन भए पछी मिजारले दलीत पत्रकारहरुको समस्या र उनीहरुको पेशागत सुरक्षाका लागी आफु काम गरिरहने प्रतिबद्धता जाहेर गर्दे सम्पुर्ण पत्रकार हकहितका लागी आफु क्रियाशिल रुपमा काम गरिरहने बताउनु भयो ।


,