ढल प्रशोधन केन्द्रको साधारण सभा सम्पन्न


लोकप्रिय समाचार
धुलिखेल नगरपालिका वडा नं ५ मा रहेको श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिले लामो समय देखि ग्याँस उत्पादन गरेर बिक्री गर्ने गरेको छ । काभ्रेको ऐतिहासिक शहरको रुपमा रहेको र त्यसलाई सफा बनाउने र ढललाई व्यवस्थित रुपमा अघि बढाउने योजानले सुरु भएको समितिको नवौं साधारण सभा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद लम्सालले नेपालमै ढलवाट ग्यास निकाल्ने काम गरेर उदाहरणीय काम गरेको बताउनु भयो । प्रदेश सरकारको तर्फ बाट सकिने सहयोग रहने सांसद लम्सालले बताउनु भयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष पुर्ण बहादुर कर्माचार्यले ग्याँस उत्पादन समेत गर्ने उदेश्यले सुरु भएको उपभोक्ता समितिले बार्षिक रुपमा १८ हजार रुपैयाँको ग्यास बिक्री गरिरहेको समेत बताउनु भयो । नौ औ साधारण सभाले आगमि ३ बर्षको लागि पुन पुर्णबहादुर कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विकास श्रेष्ठ, सचिव हरिगोपाल प्रधानाङ्ग, कोषाध्यक्ष महेन्द्रकाजी श्रेष्ठ चयन हुनु भएको छ ।

, ,