क्यान महासंघमा सुनैनालाई झट्काः उम्मेदवारी घोषणा गरेकैहरूले गराएनन् मनोनयन दर्ता



कम्प्युटर एसोसियन नेपाल (क्यान) महासंघको इतिहासमै सबैभन्दा रोचक र सबैभन्दा घमासान चुनावी माहौल यसपालि बनेको छ । मंसिर ७ गते हुने निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्न उम्मेदवारहरू हदै नाघेर मैदानमाहोमिएका छन् ।
कुँवर समूहले कात्तिक २६ गते भव्य समारोहबीच शक्ति प्रदर्शनसहित उम्मेदवारी घोषणा ग¥यो । त्यस्तै सुनैना समूहले कात्तिक ३० गते यस्तै कार्यक्रम गरेर उम्मेदवारी घोषणा ग¥यो । तर, मंसिर १ गते उम्मेदवारी दर्ता गराउने दिन सुनैना समूहले घोषणा गरेका ६ जनाले मनोनयन नै दर्ता गराएनन् ।

एकै उम्मेदवारको दुबैतर्फ नाम प्रकाशन

सुदुरपश्चिम प्रदेशका खेमराज ढुंगानाको नाम आप्mनोपक्षको उम्मेदवार दाबी गर्दैदुबै प्यानलले नाम सार्वजनिक गरेका थिए । तर, ढुंगानाले आपूm कुँवर पक्षका भन्दै नवराज कुँवरकै प्यानलबाट मनोनयन दर्ता गराए । उनका अनुसार सुनैना समूहले आप्mनो नाम उनीहरूको उम्मेदवारी घोषणा कार्यक्रममा बिना सूचना जबर्जस्ती राखिएको बताए ।

जबर्जस्ती नाम प्रकाशन गरेको सुनैना समूहलाई आरोप
लेखासमितिका उम्मेदवार नारायण क्षेत्रीको नाम जबर्जस्ती सुनैना समूहको टिममा राखिएको जानकारी प्राप्त भएको छ । उनी उम्मेदवार घोषणा कार्यक्रममा पनि उपस्थित नै भएनन् । उनले मनोनयन पनि दर्ता गराएनन् ।
त्यस्तै प्रदेश २ बाट जीतेन्द्र शाह र सरोजबाबु न्यौपानेले पनि मनोनयन दर्ता गराएनन् । उनीहरूको पनि सुनैना समूहले उम्मेदवारी घोषणा कार्यक्रममा आप्mना उम्मेदवार भन्दै नाम सार्वजनिक गरेको थियो ।
सुदुरपश्चिम प्रदेशबाट मनोहरकुमार श्रेष्ठको नाम सुनैनाकै प्यानलमा उम्मेदवारी घोषणाका दिन सार्वजनिक भए पनि उनले पनि मनोनयन दर्ता गराएनन् ।
कर्णाली प्रदेशबाट उम्मेदवारी दिन चाहेका पूर्णदेव अधिकारीले पनि सुनैनाकै प्यानलबाट उम्मेदवारी घोषणा गरे पनि मनोनयन दर्ता भने गरेनन्

कुँवर प्यानलका सात र सुनैना प्यानलका २ सदस्य निर्विरोध
क्यान महासंघमा १७ सदस्य निर्विरोध भएका छन् । ४२ पदका लागि हुने निर्वाचनमां १३ सदस्य नवराज कुँवर प्यानलका छन् भने दुई सदस्य सुनैना प्यानलका छन् । त्यस्तै अन्य दुईले भने प्यानल खुलाएका छैनन् ।
आइतबार भएको मनोनयनमा वस्तुगत समूहबाट ४ पदका लागि कुँवर पक्षबाट नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकाकारणनिर्विरोधभएकाछन् । त्यस्तै कुँवर समूहबाटै प्रदेश २ का दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ, प्रदेश ५ बाट रेशम गिरी र ध्रुवराज शर्मा, कर्णाली प्रदेशबाट दलबहादुर खड्का र भीम मल्ल, सुदूरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगानानिर्विरोधनिर्वा्चितभएकाछन् ।
व्यक्तिगत साधारण समूह महिलातर्फ ३ पदका लागि कुँवर समूहका तर्फबाट रत्नतारा बैद्य, पाण्डे समूहबाट गुणकेशरी प्रधान र सुष्मा शर्मा्निर्विरोधनिर्विरोधनिर्वा्चितभएकाछन् ।
त्यस्तैप्रदेश १ बाट ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनालीनिर्विरोधभएकाछन् ।

यस्ताछन्उम्मेदवारहरु
संस्थागत साधारण पुरुष ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, श्रवणकुमार श्रेष्ठ, सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ । व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा. डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन् ।
संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि कुँवर समूहका राजन कर्माचार्य, सुरेन्द्रप्रसाद न्यौपाने, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल, राजेशकुमार अग्रवाल र आलोककुमार मालुको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका रणजितकुमार पोदार, विश्वराम बलामी, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धर र न्हुछेबहादुर महर्जनको उम्मेदवारी दर्ता भएको छ । संस्थागत साधारण समूह महिलातर्फ ३ पदका लागि सर्मिला भुजेल, सरिता सिंह, रेभा राजभण्डारी र नजुमा कार्कीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नविन जोशी र डा. पवनकुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ ।
जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।
लेखा समितितर्फ व्यक्तिगत सदस्य समूहबाट कुँवर समूहका हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट राजु कटेल र नारायणप्रकाश भुजू, जिल्ला शाखा समूहतर्फ कुँवर समूहका भीमसेन गिरी र पाण्डे समूहका प्रशान्त टण्डन, संस्थागत समूहबाट कुँवर समूहका लक्ष्मण यादव र पाण्डे समूहबाट केशवप्रसाद भट्टराई र अनिता बरालको उम्मेदवारी परेको छ ।

, ,