इन्द्रावतीमा शोकसभा उपनिर्बाचनमा काँग्रेसलाइ जिताउँन बस्नेतको निर्देशन


लोकप्रिय समाचारसिन्घु पाल्चोक जिल्ला इन्द्रावती गाउँ पालिका वडा नम्बर ८मा  नेपाली काङ्ग्रेसका तर्फबाट निर्वा्चित वडा अध्यक्ष स्व. धन बहादुर श्रेष्ठ को  निधन भएको बर्ष दिन को बार्षिकीकार्यक्रमका दिन  १९ गते  मङगलबार सिपाघाटमा शोक सभा आयोजना गरेको छ ।

नेपाली काँग्रेस को आयोजनामा भएको सो कार्यक्रम मा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत ले स्व. धन बहादुर श्रेष्ठ को अक्षय कोष मा ५१,१०० (एकाउन्न हजार एक सय) रुपैयाँ अक्षय कोषका लागी हस्तानन्तरण गर्नु भएको छ ।
 स्व.धन बहादुर श्रेष्ठ को  छोरा बाबुकाजी श्रेष्ठले आफ्नो स्व. पिताको सम्झनामा  पहिलो स्मृति दिवसको अवसरमा धनबहादुर स्मृति अक्षय कोषको स्थापना  गर्नु भएको हो । बार्षीक शोक सभामा बोल्दै नेपाली  कांग्रेसका  केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठको राजनीतिक जीवनको चर्चा गर्दै उहाँको सपना साकार पार्न आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नु भयो  ।पूर्व मन्त्री बस्नेतले चुनावमा एक ढिक्का भएर लाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।    नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक सभापति बिकाश लामाले  काँगे्रसको निती बिधान अनुसार अनुशासित  ढँगंले अगाडी बढ्न पर्ने बताउँदै निती निर्देशिका  भन्दा ब्यक्ती ठुलो कहील्यै पनी हुँदैन भन्नु भयो । उँहाले इन्द्रावती गाँउपालीका वडा नं ८मा मंसीर १४गते हुने निर्बाचनमा काँग्रेसको उमेद्धारलाइ जिताए स्व . धनबहादुर श्रेष्ठ प्रती साँच्चीकै श्रदान्जली हुने बताउँनु भयो।   गाउँ पालिका अध्यक्ष बंश लाल तमाङ ले उँहाको निधन भएको एक बर्ष भइसक्दा पनी सिगंों गाउँपालीका अझै पनी सोकाकुल अबस्तैमा रहेको बताउँनु भयो ।
स्व श्रेष्ठले गर्नु भएको योगदान , समाजमा पुर्याउँनु भएको सेवाको जती प्रशंसा गरे पनी अपुरै रहने बताउँदै उँहाले बिगतमा गरेका समाज सेवाका कामहरुबाट हामीले पाठ सिकेर सोही मार्गमा अगाडी बढ्न पर्ने बताउँनु हुँदै १४गतेको निर्बाचनमा  काँगे्रसको पक्षमा  गत निर्बाचनमा भन्दा  अझ बढी दिएर नेपाली काँगे्रसका उमेद्धार अशोक तामागं लाइ बिजय गराउँन आग्रह गर्नुभयो । नेपाली काँगे्रसका २ नं क्षेत्रीय सधापती आइतमान तामागंले आफ्नो पार्टीले एक इमान्दार कुशल  सिपाही गसमाएको बताउँदै आगामी मंसिर १४गते हुने उप निर्बाचनमाकाँग्रेसलाइ जितमएर उँहाको सपना साकार पार्ने अभिषनमा लाग्ने बताउँनु भयो ।  सोहि सोक सभा मा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत ले इन्द्रावती गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष  स्व धन बहादुर श्रेष्ठ  एक मिलनसार समाजसेवी भएको उल्लेख गर्दै उँहाको नाममा स्थापति अक्षयकोषलाइ बृहत्तर बनाउँने काममा आफु सँधै लागी पर्ने बताउँनु भयो । सिपाघाटमा गरिएको शोक सभामा उस्थितले  नेपाली कांग्रेसले इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को वाड अध्यक्षमा लोकप्रिय युवा नेता अशोक तामाङलाई सर्वसम्मत उम्मेदवार बनाएको बताउँदै उँहालाइ अत्याधिक मत दिएर बिजय गराउँनसबै लागी पर्ने प्रतिबद्धता  ब्यक्त गरेका छन ।  डिल्ली प्रसाद भट्राइको सभापतीत्वमा भएको उक्त शोक सभामा पालीकाका पदाधिकारीहरु स्थानीय समाजसेवी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको इन्द्रवती गाँउपालीकका  प्रेस सल्लाहकार  दिनेस चौलागाइले बताउँनु भएको छ ।

, , , , ,