आफ्नो तलबबाट विद्यार्थीलाई पुस्तक वितरण


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहमध्ये चिनको सिमानामा जोडिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले आफूले लिदैँ आएका पारिश्रमिकबाट शिक्षा क्षेत्रमा सहयोग गर्नु भएको छ ।

उहाँले आफुले पाउने तलब भत्ता सुविधा नलिई त्यस बापत दुर्गम स्थानका २९ (उनान्तिस) द्यिालयका विद्यार्थीहरुलाई झोला, कापी, कलम वितरण गर्नु भएको छ । उहाँले पालिकाका नागरिक शिक्षित भए भने आर्थिक, स्वास्थ्य र भौतिक विकासको लागि सहज हुने भएकोले आफूले बालबालिकाहरुलाई शैक्षिक सामगैी दिएको बताउनु भयो ।
उहाँले गुणस्तरीय शिक्षा सिकाइको लासग शिक्षकहरुलाई विशेष भूमिका निर्वाह गर्न अनुरोध गर्दै गाउँपालिकाको उच्च शैक्षिक क्षेत्रको जग बसाल्न महत्वपूर्ण भूमिका खेल्न अनुरोध गर्नु भएको छ ।
यसै सन्दर्भमा उहाँले मार्मिड माध्यामिक विद्यालयका १–१० सम्मका सबै २३६ बालबालिकालाई प्रमुखले सरोकारका समस्या समाधान गर्ने प्रतिबद्वता दिँदै शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नु भएको छ । उहाँले गुणस्तरीय शिक्षाको लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्वता व्यक्त गर्नु भएको छ ।

, ,