काँग्रेसको समर्थनमा उम्मेदवारी फिर्ता

लोकप्रिय समाचार
सिन्धुपाल्चोकको एकमात्र उपनिर्वाचन हुन गईरहेको ईन्द्रावति गाउँपालिका ८ मा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीबिच कडा प्रतिष्पर्धा हुने भएको छ । वडाअध्यक्ष पदका लागि कात्र्तिक २७ गते ५ जनाको उम्मेद्वारी मनोनयन दर्ता परेता पनि संघीय समाजवादी नेपालका उम्मेदवार प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिदै काँग्रेसलाई सघाउने घोषणा गर्नुभएको छ । उपनिर्वाचनमा नेपाली काँग्रेसका राले तामाङ अशोक, नेकपाका केदारनाथ आचार्य, राप्रपा संयुक्तबाट ढकबहादुर श्रेष्ठ  र राप्रपाका रनबहादुर श्रेष्ठबिच प्रतिष्पर्धा हुने भएको छ । यस अघि काँग्रेसले जितेको वडा नम्बर ८ का तत्कालीन वडाअध्यक्ष धन बहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

, ,