लोकप्रिय समाचार
पाँचपोखरी थाङपाल ४ थाङपालकोटका मदन श्रेष्ठ केही वर्ष अघिसम्म चिठी खुबै लेख्ने गरेको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ , आजकाल त लेख्नै छाडियो । साथीभाईसँग मोवाईलमा नै कुराकानी भईहाल्छ । लेख्ने आबश्यकता नै पर्दैन । उहाँका अनुसार सञ्चारको पहुँच सबैमा पुग्न थालेपछि हुलाक सेवाप्रति सर्वसाधारणको चासो घट्न थालेको छ ।उहाँ मात्रै होईन सिन्धुपाल्चोकका सबैमा यो लागू नै भ प्राचिनकालमा सञ्चारका कुनै साधन नभएको बेला एक स्थानको मानिसले अर्को स्थानको मानिससित सञ्चार सम्पर्क गर्नका लागि हुलाकको स्थापना भएको थियो । आधुनिक कालमा सञ्चारका साधनको तीव्र तर विकास भईरहेको बेलामा हुलाकले गर्ने काम हाल टेलिफोन, ईमेल , इन्टरनेट लगायतका साधनहरूले गरिरहेका छन् । तैपनि प्रतिवर्ष हुलाकका नाममा करोडौ रूपियाँ खर्च हुने गरेको छ । त्यो रकमले गर्न सकिने अन्य कामतिर सम्वन्धित निकायको ध्यान जान सकिरहेको छैन ।केही वर्षअघि पाँच लाख रूपियाँसम्मको टिकट बिक्री हुने हुलाकमा यो वर्ष एक लाख रूपियाँभन्दा माथिको टिकट बिक्री नभएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । चिठी नभएकै कारण जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा बनाईएका पत्र मञ्जुषा पनि जीर्ण बन्दै गएको छ । जिल्लामा हाल एक जिल्ला हुलाक, १३ ईलाका हुलाक र ६५ अतिरिक्त हुलाक रहेका छन् । जिल्लामा १३ईलाका हुलाकले ६५ अतिरिक्त हुलाकहरूको समन्वय गरी चिठीपत्र आदानप्रदान गर्ने गरिएको छ ।
आकर्षण घट्यो हुलाकको
[email protected] Powered by Blogger.
