सिन्धुपाल्चोकको बलेफीले हरेक वडामा चेतनामूलक कार्यक्रम गर्दै

लोकप्रिय समाचार
स्थानीय सरकार गठनसँगै पाएको न्यायीक अधिकारका कारण  स्थानीय नागिरकलाई सहज भएको छ । सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्यको बलेफी गाउँपालिकाले मात्रै तिन सय पचास भन्दा बढीको लागि न्यायीक फैसला गरेको छ । बलेफी  गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक कमला श्रेष्ठ कायस्थका अनुसार बलेफीको ८ वटा वडामा गरि करिव तिन सय गाँउपालिकाबाट ५२ गरि  तिन सय  बाउन्न  वटा  विवाद समाधान गरिएको हो ।


गाउँ–गाउँमा यसलाई प्रभावकारीता गराउनका लागि अब हरेक वडाका नागीरकलाई चेतनामुलक कार्यक्रम गरि न्याय समिति भनेको के हो, यसले के के काम गर्छ, कसरी व्यवस्थित गर्ने स्थानीय स्तरमा भएका सानातिना विवाद कसरी समाधान  गर्न सकिन्छ, यो न्यायीक समितिको काम कर्तव्य अधिकार के हो भन्ने विषयमा  स्थानीयलाई स्पष्ट जानकारी गराउनका लागि चेतनामुलक कार्यक्रम गर्न लागिएको कायस्थले बताउनु भयो । उँहाका अनुसार आगामि मंसिर १५ गते देखि पालिकाका सबै वडामा यो कार्यक्रम गरिन लागेको हो । सुरुमा वडा न ८ बाट  यो अभियान सञ्चालन हुने भएको छ ।
पालिकाको ८ वटै वडामा हुने यो चेतनामुलक कार्यक्रम  वडा ७ हुँदै  १ वडासम्म यो सञ्चालन हुने भएको छ । हरेक वडाका नागरिकलाई पालिकाले गर्ने गरेका काम र पालिकाबाट हुने सुविधालाई सबै नागरिकले बुझेर काम गर्न सके भने सहज हुने भएकाले यो अभियानको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताउनु भयो ।उँहाले पालिकाबाट हुने हरेक विकासका कार्यक्रम र हरेक सेवाका विषयमा स्थानीय पनि जानकार हुन जरुरी रहेकोले यो कार्यक्रमबाट स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनु भयो । यो कार्यक्रमसँगै गाउँमा कसैले पनि कुनै  प्रकारका  विवाद  नगरुन्, सबैले सल्लाह र सहमतिमा काम गर्न सकुन् भन्नका लागी पनि यो कार्यक्रम अपरिहार्य भएको समेत नेपालीले बताउनु भयो । यसै बिच बलेफी गाँउपालिकाले महिलाहरुको स्वरोजगारका लागी विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ। सिलाइ बुनाइ, ब्युटीपार्लर जस्ता सिप सिकाएर बेराजगार रहेका महिलाहरुलाई पालिकामा नै रोजगारको व्यवस्था गर्न लागेको छ ।

,