हातहतियार बुझाउन जिप्रका सिपाको अनुरोध

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले जिल्ला भित्र रहेका हात हतियारहरु नजिकको प्रहरी कार्यालयमा बुझाउन सबैलाई अनुरोध गरेको छ । यही  मंसिर १४ गते हुन लागेको उपचुनावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पनि यसरी हतियार बुझाउन अनुरोध गरेको हो । गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार मंसिर १० गतेभित्र उपनिर्वाचन हुन लागेका ३७ वटा जिल्लाहरु पाँचथर, भोजपुर, सुनसरी, मोरङ, सङ्खुसभा, खोटाङ, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपालान्चोक, भक्तपुर, काठमाडौँ, चितवन, लमजुङ, कास्की, बागलुङ, नवलपरासी, (बर्दघाट सुस्ता पूर्व) गुल्मी, पिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ बाँके, सल्यान, हुम्ला, बाजुरा, अछाम, डोटी, कन्चनपुर, बैतडीमा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन हातहतियार, खरखर्जना ऐन २०१९ को दफा ८ बमोजिम सम्बन्धित जिल्लाका विभिन्न व्यक्तिहरुसँग रहेको इजाजतप्राप्त हातहतियारहरु अनिवार्य रुपले बुझाउन भनिएको हुँदा जिल्ला प्रहरी कार्यालयसिन्धुपाल्चोकले पनि सोही अनुसार हातहतियार बुझाउन सम्पूर्ण जिल्ला वासीलाई अनुरोध गरेको हो ।

,