प्रयोग विहीन बन्दै पानी घट्ट

लोकप्रिय समाचार
सिन्धुपाल्चोकमा विद्युतबाट चल्ने मिल सञ्चालनमा आउन थालेपछि पानीबाट चलाईने पानीघट्ट प्रयोगविहिन हुन थालेका छन् ।

सिन्धुपाल्चोकमा तीन सयभन्दा बढी पानी घट्ट रहे पनि अहिले मुस्किलले ५० मात्रै सञ्चालनमा रहेका छन् । जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत सिन्धुखोला, निबुवागाउँ र भोटेचौरको जर्के खोलामा रहेका अधिकांश पानी घट्ट घरघरमा विद्युतबाट चल्ने मिल भित्रीएपछी बन्द भएका छन् । बिहानदेखि बेलुकासम्म काम माया मारेर घट्ट कुर्दा मुस्किलले एक पाथी पिठो कमाई हुने, पिठो पिस्न समय लाग्ने तथा समयमा खानपिन गर्नसमेत गा‍ह्रो भएको २५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका जर्के खोलाका घट्ट व्यवसायी मुरली तामाङको भनाइ  छ ।

, , ,