मेलम्चीले असार मसान्तसम्म निजी आवास पुर्ननिर्माण सक्ने

रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची नगरपालिकाले २०७७ असार मसान्तसम्ममा निजी आवास पुर्ननिर्माण सक्ने लक्ष्य राखेको छ ।नगरपालिकाका सूचना अधिकारी जित बहादुर कार्कीका अनुसार नगरपालिकाको बैठकले दोहोरिएको लाभग्राहीको सूचिमा रहेका नामावली हटाउने निर्णय समेत गरेको छ ।

पुर्ननिर्माणमा नगरपालिका भित्र खटिएका संघसंस्थाको परिचालन गरि लक्ष्य अनुसार समयमै पुर्ननिर्माण सम्पन्न गरिने कार्कीले बताउनुभयो  । नगर प्रमुख डम्बर बहादुर अर्यालले निजी आवास सकेर सार्वजनिक स्थलको पुर्ननिर्माण गरिनुपर्ने बताउनुभयो  । अर्यालले मठ, मन्दिर, गुम्वा, पाटी, पौवा जस्ता संरचनाहरू बनाउन ढिला भएको भन्दै  बैठकमा सहभागी वडाअध्यक्ष, ईन्जिनियर  र संघसंस्थाका प्रतिनिधीहरूलाई निजी आवास पुर्ननिर्माण छिटो सिध्याउन आग्रह समेत गर्नुभयो । त्यसैगरी सम्झौता भएर पहिलो किस्ता लिने लाभग्राहीहरूलाई कात्र्तिक मसान्तसम्म डिपिसी सक्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

,