भारतको नक्सा विरुद्ध नेपालमा आन्दोलन


लोकप्रिय समाचार
नेपालको भुमीमाथी भारतले हस्तक्षेप गरेको नक्सा सार्वजनिक गरेपछी नेपालको सडक एकाएक तात्न थालेको छ । नेमकिपाले जुलुस सहित विरोध प्रदर्शन गरेको छ । नेमकिपाले  भक्तपुरको कमलविनायकबाट सुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्न स्थान परिक्रमा गरी सुर्यविनायक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको नेमकिपाले जनाएको छ । विरोध सभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताउनु भयो । सांसद सुवालले नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा नसच्चाएसम्म नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने बताउनु भयो ।

यसैगरी युवा संगठनहरु, विद्यार्थी संगठनहरुले पनि सडक तताउने भएका छन । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको हो भने यो कुनै पनि हालतमा सह्य नहुने बताउनु भएको छ । उँहाले आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँत प्रष्ट रुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिक रुपमा प्रतिवाद गर्ने बताउनुभयो । यसै गरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत यस बारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहल कदमी लिन सरकारसँग माग गर्नुभएको छ ।
कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताउनु भएको छ । यसैगरी काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदा समेत सरकार किन मौन भनी प्रश्न गरेको छ। अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहना बमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गर्नुभएको छ। कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्, विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबिच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।महासचिव विप्लवले बुधबार निकालेको विज्ञप्तिमा संघर्षका कार्यक्रम अन्तर्गत यही कात्र्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरिएको छ । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने कार्यक्रम विप्लव समूहले सार्वजनिक गरेको छ ।यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

, ,