इन्द्रावतीमा झम्क की विकास कसले मार्ला बाजी

लोकप्रिय समाचार
आगामी मंसिर १४ गते हुने ४८ पदकोे उपचुनाव मा २७३ जनाको उम्मेद्धारी परेको मध्य सिन्धुपाल्चोकका इन्द्रावती गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । उपचुनावका लागि राप्रपा थापा समुहका रणबहादुर तामाङ, नेपाली कांग्रेसबाट राले तामाङ र नेकपाबाट केदारनाथ आचार्य, समाजवादी पार्टीको तर्फबाट प्रताप श्रेष्ठ र राप्रपा संयुक्त पशुपति शमसेर प्यानलबाट ढकबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएकोमा समाजवादीका प्रताप श्रेष्ठले काँग्रेसलाई समर्थन गरेको भन्दै उम्मेद्धारी फिर्ता लिनु भएको थियो । खास गरि मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनका कारण सिन्धुपाल्चोकको दुई सभापतिको प्रतिष्ठाको लडाई सुरु भएको छ। ईन्द्रावती गाउँपालिका वडा न ८ मा दुई नेताको प्रतिष्ठा जोडिएकोले पनि यो लडाई एक ऐतिहासिक हुने छ ।संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा र स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस बिच प्रतिष्ठाको लडाई भएको हो । अर्को तर्फ दुवै सभापति अर्थात् नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा र नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल दुवै ईन्द्रावती गाउँपालिकावासी हुनुहुन्छ। त्यसैले पनि यो दुवैका लागि प्रतिष्ठाको लडाई हुने भएको हो । यस अघिको निर्वाचनमा नेपाली काँग्रेसले जितेको उक्त वडामा यो उपनिर्वाचनमा नेकपाले जसरी पनि जित्ने मा नेकपाका नेताहरु ढुक्क छन् भने नेपाली काँग्रेसले स्थानीय सरकार चलाई रहेको छ । यसअघि पनि नेपाली काँग्रेसले नै निर्वाचन जितेको हुँदा काँग्रेसले जित्नेमा काग्रेसका नेताहरुको विश्वास रहेको छ । नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्ष धन बहादुर श्रेष्ठको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । यसअघि कांग्रेसले सो वडामा चुनाव जितेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याउनु भएको थियो भने उहँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३ सय ५५ मत ल्याउनु भएको थियोे एमालेका सम्पुर्ण तामाङले २ सय २१ र राप्रपाका पुर्णबहादुर तामाङले चार मत मात्रै ल्याउनु भएको थियो । यो वडामा कूल १ हजार ४ सय ४ मतदाता रहेको छ । वडामा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पार्टी एकतापछि हुन लागेको उपचुनावमा आफ्नो सहज जित हुने र नेकपाकै पल्ला भारी हुने कुरामा नेकपा ढुक्क देखिन्छ भने नेपाली कांग्रेस पनि आफ्नो विरासत नगुम्ने र वडामा कांग्रेस नै विजयी हुने कुरामा ढुक्क रहेको छ । सिन्धुपाल्चोक जिल्लाको  एउटै मात्र वडामा हुने उपचुनाव का कारण कुन पार्टीका अध्यक्षको जित हुने हो त्यो हेर्न बाँकी रहेको छ । कसले  बाजी मार्ने हो मंसीर १४ गते को चुनावले फैशला गर्ने भएको छ ।


, ,