बाह्रबिसे नगरपालिकामा नागरिकता शिविर हुने

लोकप्रिय समाचार
बाह्रबिसे नगरपालिकाले नागरिकता शिविर सञ्चालन गर्ने भएको  छ। जनताको सेवा सुविधालाई ध्यानमा राखेर नगरपालिकाले नगर कार्यालयमा मंसिर १९ र २० गते शिविर सञ्चालन गर्न लागेको हो।नगरपालिकाले फाल्दु, झ्ययाम्लिङ, ठेनसा, बालुवा, भञ्ज्याङ, घुडे, मान्द्रा जस्ता गाउँलाई लक्षित गरेर नगरपालिकाले १९ गते १ नम्बर वडादेखी ५ सम्म र २० गते ६ नम्बर वडादेखी ९ सम्म नागरिकता शिविर सञ्चालन गर्ने भएको मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिनुभयो ।यसअघि पनि नगरपालिकाले कृषि, पशु, पञ्जिकरण, स्वास्थ्य, प्राविधिक शिविर, अपांग परिचयपत्र वितरण कार्यक्रम, बैंक खाता खोल्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

,