७ बुँदे घोषणापत्र जारी गर्दैँ, युवा महिला मानवअधिकार रक्षकः परामर्श सम्पन्न

लोकप्रिय समाचार
महिला मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस २९ नोभेम्बरका दिन, २२ जिल्लाका ८० भन्दा बढी युवा महिला मानव अधिकार रक्षकहरु काठमाण्डौंमा भेला भई, महिलाको मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि समुदाय स्तरमा रहेर युवा महिला मानवअधिकार रक्षकहरुले गरिरहेका कार्यहरुको समिक्षा, भोग्नुपरेको चुनौतिहरुका बारेमा छलफल गरि युवा महिला मानवअधिकार रक्षकहरुको कामको पहिचान, सम्मान र सुरक्षाको ग्यारेण्टी गर्नका लागि ७ बुंदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ।

हरेक वर्ष २९ नोभेम्बरलाई महिला मानवअधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाईदै आईएको छ । समुदायमा मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि कार्य गरिरहेका युवा महिला मानवअधिकार रक्षकहरुको अनुभव, चुनौति तथा सिकाईका विषयमा छलफल गर्ने तथा महिला मानवअधिकार रक्षकहरुको कार्यलाई सुदृढीकरण गर्नका लागि आवश्यक रणनीति तयार गर्ने प्रमुख उद्देश्यका साथ यस परामर्शको आयोजना गरिएको ओरेकका कार्यक्रम संयोजक संजिता तिम्सिनाले बताउनु भएको छ  परामर्शमा युवा रक्षकहरुले आफुहरु समुदायमा रहेर मानवअधिकार हनन्का घटनाहरुको अभिलेखिकरण, प्रभावितको न्यायका लागि संगठित भएर आवाज उठाईरहेको, हानिकारक परम्परागत अभ्यास, लैगिंक विभेदका विरुद्धमा सचेतनामुलक कार्यहरु गरिएको बताएका थिए ।
यसरी समुदायमाकार्य गर्ने युवा रक्षकहरुलाई परिवारका सदस्यले महिला भएर नेता जस्तो नबन भन्ने, चारित्रिक रुपमा आरोप लगाउने, जोखिमपुर्ण समुह ः महिला लागुपदार्थ सेवनकर्ता र एचआईभी संक्रमित, यौनकर्मी महिलाहरुसँग काम गरेकै कारण विभिन्न लाल्छनाहरु लगाउने, सरकारले प्रदान गरेको सेवाहरु उपभोग गर्नबाट बञ्चित हुनुपर्ने,  पीडकहरुले विभिन्न धम्की दिने, अपागंता भएका व्यक्तिको अधिकारका लागि काम गर्ने रक्षकहरुका लागि अपागंता मैत्री संरचनाहरु नहुँदा आधारभुत सेवाहरु समेत प्राप्त गर्नबाट बञ्चित हुने, युवा महिलाको क्षमतामा सबैले प्रश्न गर्ने लगायतका चुनौतिहरु भोगिरहेको बताएका थिए ।
युवा महिला मानवअधिकार रक्षकहरुले स्थानीय तहदेखि संघ स्तरसम्म संगठित भएर आफ्ना हक अधिकारका लागि लड्ने र आफ्नो अधिकार सुनिश्चित नभएसम्म अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । ओरेक नेपालले दृष्टि नेपालसँगको समन्वयमा यस परामर्शको आयोजना गरेको थियो भने, परामर्शको सहजीकरण ओरेकका संजिता तिम्सिना र गार्डिका बज्राचार्यले गर्नु भएको थियो ।
युवामहिलामानवअधिकार रक्षक ः हामीकहाँ छौं र कहाँजान चाँहन्छौं ?
राष्ट्रिय परामर्श–काठमाण्डौंद्वारा जारी घोषणा पत्र
२९ नोभेम्बर २०१९
हामी हजारौं युवाहरुको संघर्ष, बलिदान र नेतृत्वबाट स्थापित भएको गणतन्त्रको सुदृढीकरण तथा शान्ति, समावेशी दिगो विकास र सामाजिक न्यायका लागि सबै खाले विभेद र हिंसाको अन्त्य गरी, पित्तृसत्तात्मक सोच र यसबाट निर्मित हानिकारक परम्परागत अभ्यासविरुद्ध समुदायमा हामी अभियानरत हुँदा भोग्नुपर्ने हिंसा अन्त्य हुने वातावरण निर्माण गरी, हालसम्म युवामहिलामानवअधिकार रक्षकहरुको योगदानबाट प्राप्त भएका् उपलब्धीहरुलाई संस्थागत गर्न, देशमा भएका हरेक सामाजिक, सास्कृतिक, तथा राजनैतिक परिवर्तनहरुलाई सम्भवबनाउनहामीयुवामहिलामानवअधिकार रक्षकहरुले अग्रपक्तिमा रहि निर्वाह गरेको भुमिकाको उचितमूल्याकंनगर्दै, सबैको मानवअधिकार सम्मान, संरक्षण र परिपुर्ति गर्ने राज्यको जिम्मेवारीप्रति खबरदारी गर्दै, हामी युवाभित्रको विविधतालाई आत्मसाथ गरि हामीःअपांगता, यौनकर्मी, लैगिंकतथा यौनिक अल्पसंख्यक, भुमिहिन, सुकुम्बासी महिलामाथि बढ्दो विभेद र हिंसाकाकारण आधारभुतअधिकारहरु उपभोग गर्नबाट समेत हामीबञ्चितभएकोतर्फ राज्यको ध्यानाकर्षण गराउँदै, संरचनागत विभेद, दण्डहिनताको संस्कृति, सामान्ती÷पुँजीवादीपितृसत्तात्मक राज्य व्यवस्थाबाट स्थापित विभेदकारी सामाजिक, मूल्यमान्यताहरुको अन्त्यनभएसम्म संविधानद्वारा सुनिश्चितगरिएको समानता, विभेद, हिंसामुक्त जीवन बाँच्न पाउने अधिकार जस्ता मौलिक अधिकारहरुको उपभोग गर्ने वातावरण निर्माण हुननसक्ने यथार्थतालाई आत्मसाथगरि, महिलाको स्वपहिचान, आफ्नो शरिरमाथि आफ्नो नियन्त्रण र गतिशिलताको अधिकार सुनिश्चित गर्न माग गर्दै, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान, नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा महिलाको मानवअधिकार सुनिश्चितका लागि गरेका प्रतिबद्धता अनुरुप हामी महिलाको हिंसामुक्तभई स्वतन्त्र र आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने तथाराज्यका हरेक निर्णायकतहमाहाम्रो समानुपातिक सहभागीताको अधिकार सुनिश्चितभएमामात्र देशले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको परिकल्पनावास्तविकतामासम्भवहुनेतर्फसचेतगराँउँदै, महिलामानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस २९ नोभेम्बरकादिनहामी २२ जिल्लाका ८० भन्दा बढी युवामहिलामानवअधिकाररक्षकहरु काठमाण्डौंमा भेलाभई,हामीले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि समुदाय स्तरमा रहेर गरिरहेका कार्यहरुको समिक्षा, हामीले भोग्नुपरेको चुनौतिहरुका बारेमा छलफल गरि हाम्रो कामको पहिचान, सम्मान र सुरक्षाको ग्यारेण्टी गर्नकालागिनिम्नबमोजिमको कार्य गर्न आव्वाहन गर्दै यो७बुंदे घोषणापत्र जारी गर्दछौं ।
१. युवामहिलामानवअधिकार रक्षकको स्वतन्त्रपहिचानलाई आत्मसात गरी, नेतृत्वलिएर कार्य गर्न सक्ने वातावरण निर्माण गर्न माग गर्दछौं ।
२. सामाजिक न्यायको अवधारणालाई आत्मसाथ गर्दै, हामी युवामहिलाभित्रको विविधता र फरक पहिचानलाई स्वीकार गरी संविधानतप्राप्त विभेद, शोषण र हिंसामुक्तजीवनयापनगर्न पाउने अधिकार सुनिश्चित गरी, युवा महिलाको व्यक्तिगत स्वतन्त्रता, ईच्छा, र निर्णयको सम्मानहुने वातावरण तयार गर्न सरकारलाई ठोस रणनीति तयार गरी स्थानीयतहदेखि अभियान सञ्चालनगर्नकालागिमागगर्दछौं ।
३. अपागंता, पेशा, हिंसा प्रभावित, भुमि तथा सुकुम्बासी भएकै कारण हामी युवामहिलाहरुले भोग्नुपर्ने विभेद र हिंसालाई राज्यले महशुस गर्न नसक्दा आधारभुत अधिकारबाट समेत हामी बञ्चित हुनुपरेको छ । यसर्थ हाम्रा यी विशेष आवश्यकतार सवालको पहिचान गरी संविधानतः सुनिश्चितविशेष अवसरहरुको अधिकार सनिश्चित हुने वातावरण तयार गरी हाम्रो पहँुचमा र हामीले विभेद रहित वातावरणमा  उपभोग गर्न सक्ने गरी राज्यका हरेक संरचनाहरु निर्माण गर्न मागगर्दछौं ।
४. महिलाले गर्ने घरेलु लगायतका सबै कामलाई श्रमको मान्यता दिई, महिलाको श्रम छनोटको निर्णयलाई सम्मान गरी श्रम छनोटका आधारमाहुने विभेद विशेषगरी मनोरञ्जन क्षेत्र तथा यौनकर्मी महिलामाथिहुने विभेदको अन्त्य गरी, राज्यद्धारा प्रदानगरिने सेवा, सुविधानहरुमा प्रत्येक श्रमिकमहिलाले समान रुपमाविना भेदभाव निर्धक्क भएर उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न माग गर्दछौं ।
५.संरचनागत विभेदकाकारण हामी युवामहिलामाथि बढ्दो विभेद र हिंसा अन्त्य गर्न प्रत्येक स्थानीयतहमाहामीसँगको सहकार्यमा रणनीति तयार गरी वडास्तरदेखि नै अभियान सञ्चालनगर्न र हिंसा प्रभावितहरुको न्यायको अधिकार सुनिश्चितगर्न आवश्यकसहयोगी संयन्त्रहरुको निर्माण तथाभएका सहयोगी संयन्त्रहरुलाई लैगिंक संवेदनशिल तथा प्रभावित मैत्री बनाई प्रभावितका लागि पहुँच योग्य बनाउन माग गर्दछौं ।
६. पित्तृसत्ताको आडमा निर्माण भएको हानिकारक सामाजिक मूल्यमान्यता र परम्परागत अभ्यासविरुद्ध बोलेकै कारण हामीयुवामहिलामानवअधिकार रक्षकहरु आफ्नै परिवार, समाजबाट तिरस्कार, लाल्छना, र  विभिन्न अरोपहरु खेप्नु परेको,  हिंसामा संलग्न पीडकहरुबाट असुरक्षित रहेको तर्फ ध्यानाकर्षण गराउँदै हाम्रो कामको पहिचान, सम्मान र सुरक्षाको ग्यारेण्टी गर्न हामीमागगर्दछौं ।
७. नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक सहभागीताको अधिकार अनुरुप हामी युवामहिलाहरुको राज्यका हरेक निर्णायकतहमा समानुपातिक सहभागीता सुनिश्चितगर्न मागगर्दछौं ।
हामी युवा महिला मानवअधिकार रक्षकहरु हामीले सामाजिक तथा सांस्कृतिक रुपान्तरण, सुशासन, शान्ति, र  दिगो विकास निर्माणका लागिगर्दै आएका कार्यहरुलाई जस्तोसुकै परिस्थितिमा पनि जारी राख्ने प्रतिबद्धता गर्दै, यो घोषणापत्र अनुरुपका व्यवस्था स्थापित गराउन समुदायतहमा संगठित भएर अभियानरत रहनेछौं ।
घोषणापत्र जारी मिति ः २०७६ कार्तिक १३

,