मोडलिङ सोदिप मोडलिङ नै रहने


सन्ध्या बस्नेत
लोकप्रिय समाचार
काठमाण्डौ कुलेश्वोर बासिन्दा सोदिप श्रेष्ठ विगत नौ वर्ष देखि मोडेलिङ क्षेत्रमा हुनु हुन्छ ।
मोडलिङ छेत्रका नाम चलेका मोडल  अभिनय कलामा पोख्त सोदिप ५ दर्जन भन्दा बढी म्युजिक भिडियो थुप्रै पेपर एडहरुमा अभिनय गरि सक्नु भएको छ ।उहाँले अभिनय गरेका थुप्रै म्युजिक भिडियोहरु दर्सक स्रोताहरुले मन पराई  सकेका छन् ।

मोडलिङको रंगीन दुनियामा बेस्थ सोदिप सिनेमा क्षेत्रमा भने नजाने बताउनु हुन्छ । सिनेमा खेल्न अफर पनि त्यतिकै आइरहेको छ । तर मलाइ जान मन छैन श्रेष्ठको भनाइ रहेको छ । सोदिपलाई सुन्दरता उचाई र क्षमताले पनि मोडलिङ क्षेत्रमा तेतिकै साथ दिएको छ ।५ फिट ९ इन्च अग्ला सोदिपलाई नयाँ नयाँ ठाउँ घुम्न, समाज सेवा गर्न र दिन दुखीहरुलाई सहयोग गर्न एकदमनै मन पर्दो रहेछ ।
मोडलिङ्लाई करिअर बनाएर अघि बढेका सोदिपले यसैलाई आफ्नो कर्म क्षेत्र बनाएर लैजाने बताउनु भएको छ । मोडलिङ कै लागी आफु जन्मिएको जस्तो लाग्छ  भन्दै आगामी दिनमा अझ बढी शशक्त भएर दर्शकको माझमा जाने श्रेष्ठको भनाइ रहेको छ ।

, ,