भोटेकोशी २ को भवन शिलान्यास

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. २ मा वडा कार्यालयको भवन बन्ने भएको छ । भोटेकोशी गाँउपालिकाको वडा नं २मा निर्मित हुन लागेको नयाँँ भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सोमबार एक समारोहका बिच शिलान्यास गर्नु भयो । धार्मिक परम्परा अनुसार गरिएको शिलान्यास कार्यक्रममा  बोल्दै बस्नेतले नेपाली काँग्रेस विकास र इमान्दारितामा भर पर्ने पार्टी हो । विधीको शासनमा रहेर काम गर्दा कहिले काँही समस्या आउँने बताउनु भयो । सबै नेताहरुलाई भने तर सहयोग होइन, असहयोग मात्रै भयो, हामीलाई जसरी पनि भवन चाहिएको थियो, काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सञ्चारमन्त्री मोहन बस्नेतसँग अनुरोध गरे, उहाँले सहयोग गर्छु भन्नुभयो त्यसपछि मात्रै भवन निर्माण सुरु गरिएको हो, वडा अध्यक्ष श्रेष्ठले  सभापतित्वको आसनबाट बोल्दै यस्तो बताउनु भएको हो । तत्कालीन नेकपा माओबादीबाट निर्वाचित वडाअध्यक्षहरुले माओवादीबाटै निर्वाचित पालिकाका अध्यक्षलाई यसरी आरोप लगाउँदै जनताको  विकासका गर्नका लागी निर्वाचित भएकाले बिकास गर्ने हो, विकास विरोधीहरु नगर्ने पार्टी भनेर बस्न नसकिने बताउँदै वडाको विकासका लागि आफु नेकपा परित्याग गर्न पनि पछि नपर्ने घोषणा समेत वडाअध्यक्षहरुले गरेका थिए ।  कार्यक्रममा समेत नआउने अनि आउनेलाई पनि अध्यक्षले रोक्ने गरेकामा सहभागी वडाअध्यक्षहरुले आपत्ति समेत जनाएका थिए । यस सम्बन्धमा गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले कार्यक्रम हुने बारेमा जानकारी नभएको र आफु कामको सिलसिलामा बाहिर रहेको कारण भवन शिलान्यासमा जान नसकेको बताउदै वडाअध्यक्षहरु समेत सहभागी भएको परिषद्ले गरेको निर्णय अनुसार आफुले काम गरिरहेको बताउनु भयो । उँहाले कसले के भन्छ भन्नु भन्दा पनि गाँउपालिकालाई कसरी विकसित गर्न सकिन्छ भन्ने तर्फ आफुहरु लागी परेको बताउनु भयो । उँहाले सबै वडालाई समान रुपले हेरेको मार्मीङ्ग वडा कार्यालय  भवन निर्माणका लागी साठी लाख र अस्पताल निर्माणका लागी समेत सबैको सल्लाह अनुसार काम गरिरहेको बताउनु भयो ।

तर अन्तमा सत्तयताको विजय हुने बताउँदै काँग्रेसले जनतालाई भ्रममा राखेर काम कहिल्यै नगर्ने बताउनु भयो । उँहाले नेपाली काँग्रेसको नेतृत्व हँदा नाकाबन्दी लगाउन भारतलाई  गुहार्ने ओली अहिले नेपालको भुमी भारतले मिच्दा किन चुप लागेको भन्दै राष्ट्र राष्ट्रियता र नागरिक स्वतन्त्राताका लागी काँग्रेसको आवश्यकता रहेको बताउनु भयो । भवनको शिलान्यास गर्दै बस्नेतले जनता कम्युनिष्टको सरकार देखी वाक्क भइ सकेकाले आगामी निर्वाचनमा काँग्रेसलाई नै रोज्ने बताउनु भयो । उहाँले कम्युनिष्ट मत भत्काउन अहिले देखी नै जनताले सुरु गरेको बताउनु भयो । वडा नं १ का अध्यक्ष मुके शेर्पा वडा नम्बर–३ का अध्यक्ष साङदोर्जे शेर्पा लगायतले गाँउपालिकाबाट हुनुपर्ने सहयोग नभएको बताउनु भयो । भोटेकोशीको पाँच वडामा पहिलो नंम्बरमा वडा कार्यालय भवन शिलान्यास गरिएको हो । समारोहमा  प्रतिनिधि सभा क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेत, तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा लगायत नेताहरुको उपस्थिती रहेको थियो  । नेकपाले जिल्लामा पद बाँडफाँड गर्दा चित्त नबुझेर श्रेष्ठ असन्तुष्ट थिए । नेकपा भोटेकोशी गाउँपालिकाका अध्यक्ष दावी गरिरहेका श्रेष्ठलाई पार्टीले अन्तिम समयमा कुनै पदको जिम्मेवारी दिएन । तर, उनी काँग्रेस प्रवेश गरेका छैनन् । भोटेकोशी गाउँपालिकाका अध्यक्षले पालिकाको बजेटमा आफुखुसी गरेको आफुहरुलाई व्यापक पेलेर अघि बढेकाले अब आफुहरु चुप लागेर नबस्ने वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । वडाअध्यक्षहरुले हामी जनतालाई गाउँमा नै सुविधा दिन खोजिरहेका छौँ, तर अध्यक्षले त्यसमा अवरोध सिर्जना  गरेको बताएका छन । गाउँपालिकाको पाँच वडा मध्ये चार वडाका अध्यक्षहरुले आफुहरु फरक पार्टीबाट चुनाव जितेको भन्दै बजेटै नदिने गरेको आरोप समेत लगाएका छन् । भोटेकोशी गाउँपालिका–२ का वडा भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षले पालिका कब्जा गरेको र आफु हुँदो मात्रै विकास बजेट बाँडाफाँड गर्ने गरेको आरोप वडा अध्यक्षहरुले लगाउनु भएको हो । भुकम्पले वडा कार्यालय क्षतिग्रस्त भएपछि निर्माणका लागि गाउँपालिकामा अनुरोध गर्दा पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले अटेर गरेको भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनु भयो  । तत्कालीन नेकपा माओवादीबाट निर्वाचीत वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेकपाका नेताहरुसँग भवन निर्माणमा सहयोग गरिदिन आग्रह गरेपनि कसैले सहयोग नगरेको बताउनु भयो । उहाँले ‘सीमा जोडिएको वडा कार्यालय भएकाले टहरोमा काम गर्न समस्या भयो ।

, ,