घाइते पोथी रतुवामृग फेला, कार्यालयमा उपचार हुँदै
सुस्मिता दोङ
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लामा गर्भ अवस्थामा रहेको एक घाइते मृग फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे का सुरक्षाकर्मीहरु गस्ति गर्दै जाने क्रममा मिती आइतबार अरनिको राजमार्गको बलेफी गा.पा.वडा नं– ५ कोठे भन्ने ठाउँमा उक्त मृग फेला परेको हो ।
उँहाका अनुसार बाह्रबिसेको वन कर्मचारीले बुझिलिएर डिभिजन वन कार्यलय सिन्धुपाल्चोक चौतारामा बुझाएको छ । घाइते मृग तारको जालीमा परेर घाटीमा सुन्निएको र खुट्टामा समेत घाउ लागेको डिभिजन वन कार्यालयले जनाएको छ । घाइते मृगलाई पशु सेवा कार्यालयको सहयोगमा आवश्यक उपचार गरी डिभिजन वन कार्यालयको केज (अस्थायी आश्रयस्थल) मा राखिएको डिभिजनल वन अधिकृत श्री देवीचन्द्र पोखरेलले बताउनु भयो । यसरी उद्धार गरिएको रतुवा जातको मृग एउटा प्राकृतिको सुहाउँदो जङ्गली जनावरको रुपमा रहेतापनि यो एउटा स्थलीय प्राणीको रुपमा चिनिने र वन तथा वातावरणको दृष्ट्रिकोणले संरक्षण गर्नु पर्ने जनावर भएकोले यो प्राकृतिको वरदान ९न्षत या त्जभ लबतगभच० लाई उद्दार गर्ने सुरक्षाकर्मीहरु र वनका सुरक्षाकर्मीहरु डिभिजन वन कार्यालयले धन्यवाद समेत दिएको छ। वन्यजन्तुको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकाले सबै स्थानीय वासिन्दाहरु र प्रकृति प्रेमीजनहरु एकजुट भएर यसको संरक्षणमा लाग्नु आजको टडकारो आवश्यकता भएको छ । घाइते मृगको उपचार पश्चात जहाँबाट उद्धार गरिएको हो सो स्थानमा नै लगेर छाडिने अधिकृत पोखरेलले बताउनु भयो ।