सिन्धुका पत्रकार मिजार सम्मानित

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित सिन्धु बुलन्द साप्ताहिकका प्रकाशक तथा गोरखापत्रका संवाददाता चित्र मिजारलाई पैरवी पुरस्कारले सम्मान गरिएको छ । मिडिया एडभोकेसी फोरम नेपालले यस वर्षको पैरवी पत्रकारिता पुरस्कार २०१९ बाट सिन्धुपाल्चोकमा पत्रकारिता गर्दै आउनु भएका पत्रकार चित्रकुमार मिजारलाई प्रदान गरेको हो ।

मिजारलाई राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय मोहना अन्सारीले एक समारोहका बिच दश हजार राशी सहितको  उक्त पुरस्कारबाट शुक्रबार सम्मान गरिएको हो । हरेक वर्ष दलित, पछाडी परेको वर्ग र सिमान्तकृत समुदायका लागि पत्रकारिता क्षेत्रबाट  योगदान गरेका पत्रकारलाई यो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । सिन्धुपाल्चोक जिल्लामा रहेर स्थानीय तथा राष्ट्रिय व्यक्तिहरुको आवाजलाई पत्रकारिताको माध्यमबाट बुलन्द गर्दै आउनु भएका मिजार पत्रकारीतामा सक्रिय रहनु भएको छ । खोजमुलक र पीडितको आवाजको रुपमा भुमिका निभाएको भन्दै फोरमले सम्मान गरेको जनाएको छ । 

,