सिन्धुमा थपियो अर्को पहिचान

लोकप्रिय समाचार
नेपाल सरकाले सिन्धु पुत्र रुपक सापकोटालाई परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रुपमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा नियुक्त गरेपछी सिन्धुवासीहरुमा अर्काे खुिशयाली छाएको छ । सिन्धुपाल्चोकका शिक्षित वर्गको  म्ल्याङ्कन हुन थालेकामा सिन्धुवासीहरुमा खुशियाली छाएको हो । सिन्धुपाल्चोकका रुपक सापकोटा परराष्ट्र तथा सुरक्षा विज्ञ हुनुहुन्छ ।

सिन्धुका सापकोटालाई परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो । सापकोटाले चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी गर्नु भएको छ । ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’ मा विद्यावारिधी हासिल गरिसक्नु भएका सापकोटाको नियुक्तिले सिन्धुवासीलाई खुशी लागेको स्थानीयहरुको भनाइ रहेको छ ।

, ,