लैङ्िगक हिंसा विरुद्धको १६दिने अभियान सुरु

लोकप्रिय समाचार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशैभरी सुरु भएको छ।   ’समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने  मुल नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा चौतारा सांगाचोकगढी नगरपालिकाको चौतारामा नगर स्तरीय महिला संजालको आयोजनामा सोमबार चौतारामा र्याली आयोजना गरेकोे छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको नगर  महीला सञ्जालकी अध्यक्ष मिनादेबी नेपालले बताउनु भएको छ । उँहाका अनुसार १६ दिने अभियानमा संजालले १४ वटै वडाका वडा महिला सञ्जालको आयोजनामा विभिन्न कार्यक्रमहरू गर्ने संजालले कार्यक्रम तय गरेको छ । अभियानको शुरु चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ बाट सुरु भएर समापन मंसिर २४ गते वडा नम्बर १२ सागाँचोकमा गरिने भएको छ । १४ ओटै वडाबाट ३ जना महिलाहरूको सहभागीतामा हाजिरी जवाफ प्रयोगिता कार्यक्रम गरेर समापन गरिने  भएको छ । यसका लागी कार्यक्रम समेत तयारी भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।


,