जिसस सिन्धुपाल्चोकले डिसीसी गोल्डकप गर्नेे

लोकप्रिय समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यस वर्षदेखि डिसिसि फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लाका १२ स्थानीय तहबिच गोल्डकप खेलाउने जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताउनुभयो । जिल्लाका खेलाडीबिच आन्तरिक प्रतिष्पर्धा बढाएर राष्ट्रिय स्तरकै लिग प्रतियोगिता खेल्न सक्षम बनाउने उदेश्यले समन्वय समितिले गोल्डकप आयोजना गर्ने निर्णय गरेको तामाङले बताउनुभयो । तामाङका अनुसार प्रतियोगिता सञ्चालनको विधि, समय र पुरस्कार राशिको सम्वन्धमा भने समन्वय समितिले कार्यविधि बनाउने तयारी गरिरहेको छ ।


, ,