तातोपानीमा तिर्थालुको भिड लाग्यो


लोकप्रिय समाचार
भोटेकोशी गाउँपालिका २ मा रहेको तातोपानी धारामा नुहाउने तिर्थालुको भिड लागेको छ ।
चिनसँग सिमाना जोडिएको तातोपानी बजारमा रहेको धारामा प्राकृतिक रुपले नै ४४ डिग्री सेन्टिग्रेटको तातोपानी आउने धारामा स्नान गर्ने विदेशी भन्दा पनि स्वदेशी पर्यटकको संख्या दिनहुँ बढिरहेका छन् । तातोपानी धारा निर्माण समितिका अध्यक्ष अमृत खड्काका अनुसार दैनिक ३ सयभन्दा वढीले स्नान गर्ने गरेका छन्। खड्काका अनुसार तातोपानी धारामा सडक बिजुली, होटल जस्ता सबै पूर्वाधार सहज भएपछी नुहाउनेको भिड लागेको हो । पारिवारिक, सामुहिक रुपमा नुहाउन ७ वटा धारामध्ये महिला र पुरुषको लागी अलग धारा रहेका छन् । अलग्गै नुहाउन चाहनेहरुका लागी स्वीमिङ पुलको समेत व्यवस्था गरिएको अध्यक्ष खड्काले बताउनुभयो । भुकम्प अघि तातोपानीको बाटो  प्रयोग गरेर वार्षिक ५० हजार भन्दा बढी पर्यटक आउने जाने गर्दथे । भुकम्प र भोटेकोशीको बाढीपछी तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको थियो। अघिल्लो वर्ष पाँच हजार आन्तरिक पर्यटकले मात्रै मेला भरेको तातोपानि धारा निर्माण समितिले जनाएको छ ।


,