एक विद्यालय एक नर्सले गुणस्तरीय शिक्षामा सहयोग पुग्नेः मन्त्री दुलाल


लोकप्रिय समाचार
सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले ९३ जना विद्यालय नर्सलाई नियुक्तीसँगै कार्यक्षेत्रमा खटाएको छ । विद्यालयमा स्वस्थ रहनका लागि व्यवहारीक कुरा सिकाउन यो कार्यक्रम प्रभावकारी बन्ने छ । यो कार्यक्रमले गर्दा विद्यालयलाई ठुलो सहयोग पुगेको सरोकारवालाहरुले बताएका छन् ।

विद्यालयमा शिक्षाका लागी आउने विद्यार्थीहरुले स्वास्थ्यको पनि सुविधा पाउने भएपछी विद्यालयमा विद्यार्थीको संख्यामा समेत बढ्ने जानकारहरुको भनाइ रहेको छ । गाँउमा अध्ययन गर्ने विद्यार्थी मात्र नभई अभिभावकलाई  पनि यो व्यवस्थाले ढुक्क बनाएको छ। अब विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरुले विद्यालयमा नै स्वास्थ्य सेवा पाउने भएका कारण अभिभावकलाई ढुक्क सँग आआफ्ना बालबालीकालाई विद्यालय पठाउन थप उर्जा प्राप्त भएको छ । सामाजिक विकास मन्त्रालयले अघि सारेको एक विद्यालय, एक नर्स कार्यक्रम अन्तर्गत यसरी नर्सहरु नियुक्त गरि कार्य क्षेत्र तोकेर खटाएको छ ।  गत आर्थिक वर्ष २०७५।०७६ मा नमुना योजनाका रुपमा अघि बढाइएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अनुसार मन्त्रालयले बुधबार लिखित, मौखिक र अनुभवका आधारमा सफल भएका विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटाइएको हो । गत आर्थिक वर्ष नमुना योजनाको रुपमा २० विद्यालयमा नर्स खटाइएको थियो । पाँच सय भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै ९३ जना नर्स छनौट गरिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री युवराज दुलालले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने बताउँदै यसका लागी शिक्षा सरोकारवालाहरुले पनि सहयोग गर्न पर्ने धाराणा व्यक्त गर्नुभयो । आगामी दिनमा यो कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताउँदै यसले शिक्षामा गुणस्तरिय पुग्ने  बताउनुभयो ।स्वस्थ जीवनशैली निर्माणका लागि यो कार्यक्रम सुरु गरिएको बताउँदै विद्यालयबाट नै स्वस्थ नागरिक उत्पादन गर्ने उदेश्यका साथ यो कार्यक्रम ल्याइएको मन्त्री दुलालले बताउनुभयो । उँहाले प्रदेश सरकारले सामुदायिक र संस्थागत विद्यालयमा एक विद्यालय एक नर्स राख्न लागिएको बताउनुभयो । यो प्रदेशको नमुना कार्यक्रम रहेको बताउँदै मन्त्री दुलालले आठ सय भन्दा बढीको आवेदन परेको र पाँच सय जना भन्दा वढीले लिखित परीक्षा उत्तीणर््ा गरेकाले उनीहरुबाट पनि दक्षलाई प्राथमिकता दिएर ९३ जना छनौट गरिएको मन्त्री दुलालले बताउनुभयो ।

, , ,