मेलमिलापलाई अवसरको रुपमा लिनुपर्ने

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला अदालतका माननिय न्यायधिस टिकाराम आचार्यले मेलमिलापलाई अवसरको रुपमा लिन पर्ने बताउनु भएको छ । उँहाले उक्त कुरा सिन्धुपाल्चोकको शेर्माथाङमा आयोजित मेलमिलाप तालिममा सहभागीहरुलार्इ  तालिमका बारेमा जानकारी गराउँदै यस्तो बताउनु भएको हो ।



मंसिर २ गते देखी सुरु भएको तालिममा उँहाले प्रत्येक स्थानीय तहका न्यायिक समितिले मेलमिलापकर्ता उत्पादन गरी सूचिकृत समेत गरि स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ (१) बमोजिमका अधिकार मेलमिलापको प्रयास गरी न्यायीक समितिले निरुपण गर्ने काम गर्नु पर्ने बताउनु भयो । उँहाले ४७ (२) बमोजिका अधिकार मेलमिलापको प्रयास गरी समाधान गर्ने र नमिलेमा अदतलतमा पठाउनपर्र्ने कानुनी व्यवस्था रहेकाले सोको कार्यन्वयनमा प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालले यस जिल्लामा मेलमिलापकर्ता उत्पादन गरी विवाद समाधानमा सक्रिय भई न्यायीक समितिको कार्य सम्पादन सहयोग पुगेको बताउँदै यसलाई अवसरको रुपमा लिई थप प्रभावकारी र सक्रिय बनाउन पर्ने बताउनु भयो । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा १०३ वडा कार्यालयहरु रहेका छन् । यी प्रत्येक वडामा कम्तीमा १ वटा मेलमिलाप केन्द्र हुनुपर्ने कानुनी व्यवस्था छ । प्रत्येक स्थानिय तहमा न्यायीक समितिको कार्यकक्षसँगै मेलमिलाप केन्द्र हुनु पनि आवश्यक देखिन्छ ।
यसरी हेर्दा जिल्लाभरका स्थानीय तहहरुमा ११५ मेलमिलाप केन्द्रहरु स्थापना भई सक्रिय हुनुपर्ने देखिन्छ । यी केन्द्रहरु सक्रिय भई प्रभावकारी कार्य सम्पादन गर्दा अधिकांश विवादहरु स्थानीय तहमा नै समाधान हुने अपेक्षा गर्दै २०७२ सालदेखी यस सिन्धुपाल्चोक जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरिरहेको प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालले २०७६ कात्र्तिक ३० देखी हेलम्बुको स्नोफल माउन्टेन रिसोर्ट सेर्माथाङमा सिन्धुपाल्चोकका १० स्थानिय तहका २७ जना सहभागीलाई आधारभूत मेलमिलाप तालिम संचालन गरिरहेको छ ।हेलम्बु गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कोपिला पण्डितले नेपालको संविधान धारा २१७ बमोजिम न्यायिक समिति गठन भई स्थानिय सरकार सञ्चालन ऐन बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी विवाद समाधान गर्नुपर्नेमा संस्थाले मेलमिलापकर्ता उत्पादन गरी मेलमिलाप केन्द्र समेत स्थापना गरेकोले न्यायिक समितिको काममा सहज भएको बताउँदै यस कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । मेलमिलाप केन्द्र स्थापना भई न्यायिक पहँच नपुगेका वर्गहरुमा न्यायिक पहँच स्थापित भएको उपाध्यक्ष पण्डितले बताउनु भयो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका कार्यक्रम संयोजक एवं तालिम प्रशिक्षक ठाकुर राम चौलागाईले यस संस्थाले सिन्धुपाल्चोक जिल्लामा विवाद समाधानको उत्तम उपाय मेलमिलापले समुदायको आर्थिक, समाजिक  न्यायको पहँचबाट बन्चित रहेका वर्गलाई वडामा नै दुवै पक्षको लाभ लाभ हुने गरी विवाद समाधान गर्न मेलमिलापकर्ता उत्पादन गरी प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र समेत स्थापना गरिसकेकोले यस पटक नपुग वडाबाट तालिम सहभागी छनौट गरी ८ दिवसिय तालिम संचालन गरिएको बताउनु भयो । तालिम पछि सहभागीले प्रत्येक वडामा गई विवाद समाधान गर्ने संयोजक चौलागाईले बताउनु भयो ।तालिममा जिल्ला अदालत सिन्धुपाल्चोकका श्रेष्तेदार लेखनाथ पौडेल, जिल्ला बार ईकाई अध्यक्ष भेषराम ढकाल, प्रशिक्षक अग्नी कुमार दनुवार, प्रशिक्षक इन्दिरा थापा र प्रशिक्षक यम बहादुर जोती ले सहजिकरण गरिरहनुभएको छ । तालिम २०७६ मंसिर ७ गते सम्म सञ्चालन हुने चौलागाइले बताउनु भएको छ ।

,