सुनकोशी दुर्घटनामा मृत्यु हुनेलाई पालिकाबाट सहयोग


लोकप्रिय समाचार
दोलखाका मागा देउरालीबाट काठमाडौँ जादै गरेको बस आईतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुनकोशी नदिमा खस्दा दुर्घटनामा परी मृत्यु भएका परिवारका लागि शैलुङ गाउँपालिकाले तत्काल राहात स्वरुप  प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग गर्ने भएको छ । आइतबार भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।  शैलुङ गाउँपालिकाका मात्रै १४ जनाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले तत्काल काजकिरीयाका लागि केही सहयोग पुगोस भनेर सहयोग गरेका जानकारी दिनु  भयो । सुकुटे बस दुर्घटनामा परि मृत्यु भएकाको शव आफन्तले बुझेका छन् । सिन्धुपाल्चोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएका १६ जनाको शव बुझेका हुन् । शवको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिनु भयो । सिन्धुपाल्चोकमा दुर्घटनाकै दिनदेखि क्षतिपूर्तिका लागि मृतकका आफन्तले आन्दोलन गरेका थिए । दोलखाको मागा देउरालीबाट आएको अरनिको यातयात कम्पनी प्रालिको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा १८ जनाको मृत्यु भएको थियो । १६ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अझै एक बालक बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।


,