ट्रिपर दुर्घटनाबाट चालकको निधन


लोकप्रिय समाचार
काभ्रेपलाञ्चोक  जिल्लाको धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग खण्डको पात्लेखेतमा शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनु भयो ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेश बहादुर कार्कीको मृत्यु भएको छ । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।


,